परिक्रमा सडकको निर्माण सुस्त गतिमा



लक्ष्मी कुमार साह, महोत्तरी ।
मटिहानी जलेश्वर सडक निर्माण सुस्त गतिमा काम भइरहेको छ ।

प्याकेज नंम्बर १७ अन्र्तगत जलेश्वर, मटिहानी, धनुषाको तुलसीयाही बेलासम्मको ११ दशमलव ४८ किलोमीटर,जनकपुरको मिल्सएरियादेखि धनुषाको बेंगासम्मको तीन किलोमीटर र हनुमाननगर देखि रामपुर बौहरवासम्मको ९ दशमलव ५ किलोमीटरसहितको २३ दशमलव ४८ किलोमीटर सडक निर्माण गर्ने ठेक्का एएमआर पप्पु जेभिले निर्माणाधीन सडकको दायाँ र बायाँको माटो खनेर पटान गरेको हो ।

सडकमा पटानका लागि बाहिरबाट माटो ल्याउनुपर्ने सम्झौतामा उल्लेख भए पनि निर्माण कम्पनीले आफूखुसी खाडल बनाउँदै काम गरिरहेको हो ।

परिक्रममा सडक भनेर चिनिने मटिहानी जलेश्वर सडक खण्ड मापदण्ड विपरीत माटो पटान गरे पनि परिक्रमा सडक आयोजनाले भने खासै चासो नदेखाएको स्थानीयले बताएका छन् ।

 

सडकको दुवैतर्फ खाडल तथा सडकमा हिलाम्य भएपछि वर्षायाममा यातायात सञ्चालनमा कठिनाई भएको छ । सडकमा यत्रतत्र भएको खाल्डाखुल्डी र जमेको पानीले दुर्घटनाको जोखिम बढेको छ ।

यहाँको व्यस्त सडकमा गाडीको चाप अत्यधिक रहेको र वर्षापछि हिलामे हुँदा मानिस, साइकल, रिक्सा, मोटरसाइकललगायत सबै बीच सडकमा नै हिंड्ने गरेकाले दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।

आयोजना अनुगमन गर्ने शाखा कार्यालय जनकपुरका प्रमुख ईन्जिनियर सुरेन्द्र झाका अनुसार निर्माण व्यवसायीले सडक वरिपरिबाट माटो खनेर पटान गर्न नमिल्ने बताए ।

सम्झौताअनुसार कम्पनीले बाहिरबाट माटो ल्याएर फिलिङ गर्नुपर्छ । सडक रेखदेखको जिम्मा पाएका प्राविधिकले रोकथाम नगर्दा कम्पनीसँग मिलेमतो भएको शंका स्थानीयको छ । माटो बाहिरबाट ल्याएर पटान गर्दा कम्तीमा ५० लाख खर्च हुने प्राविधिकले बताए ।

धार्मिक पर्यटन कृषी र उधोग व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्य सहित भारतको ईकजीव बैंकको ऋण सहयोगमा भारत सरकारले एक अर्ब ५० करोड २९ लाख २८ हजार ७ सय २८ रुपियाँको लागतमा ९९ दशमलव ३७ किलोमीटर लामो परिक्रमा सडकको निर्माण थालिएको थियो तर निर्माण जिम्मा लिएका ५ ठेकेदार कम्पनीले काम शुस्त गतिमा गरिरहेका छन ।

५ ठेकेदार कम्पनी मध्येजलेश्वर,मटिहानी,धनुषाको तुलसीयाही बेला,जनकपुरको मिल्सएरियादेखि धनुषाको बेंगा, र हनुमाननगर देखि रामपुर बौहरवास, सडक निर्माण गर्ने ठेक्का एएमआर पप्पु जेभिले पाएपनि चौध प्रतिशतमात्र काम भएको छ । यसको लागत १९ करोड छ ।

नेपाल भारतबीच धार्मिक तथा सांस्कृतिक सेतुको रुपमा रहेको परिक्रमा सडकखण्डको स्तरोन्नती पछिल्लो तीन वर्षमा चौध प्रतिशत मात्रै भएको छ ।

प्रतिक्रिया दिनुहोस्