वन डढेलोमा ६२ को मृत्यु सयौं घाइते



 

लिस्वन, (ऐजेन्सी)
पोच्र्युगलको जंगलमा लागेको भयानक डंढेलोको कारण कम्तिमा ६२ व्यक्तिको ज्यान गइसकेको आइतबार सरकारी अधिकारीहरूले बताएका छन्। कोइम्ब्रा देखि ५० किमि दक्षिण पूर्वमा पर्ने पेड्रोगाओ ग्रान्डे क्षेत्रबाट कारमा बसेर भाग्ने क्रममा अधिकांश व्यक्ति मारिएको बताइएको छ।

घाइते हुने सयौं व्यक्तिमा थुप्रै अग्नियिन्त्रक पनि रहेका छन्। प्रधानमन्त्री एन्तोनियो कोस्टाले केही वर्ष यता देखिंदै आएको वन डँढेलोको यो सबैभन्दा डरलाग्दो परिणाम भएको र मर्नेको संख्या अझै बढ्न सक्ने बताएका छन्।
गृह राज्यमन्त्री जोर्गे गोमेजले तीनजनाको धुवँँमा निस्सासिएर र अठार जनाको फिगुएरो डोस भिन्होसबाट कास्तानहेरा डि पेरातर्फ जाने लिन्किङ रोडमा चारवटा कारमा मृत्यु भएको जानकारी दिएका छन्। पोच्र्युगलका सञ्चार माध्यमले आगो नियन्त्रणका लागि करिब १ हजार ७ सय जना अग्निनियन्त्रक खटिएको जनाएको छ।

सरकारी टेलिभिजन आरटीपीले ६ जना अग्नियन्त्रक पनि गम्भीर घाइते भएको तथा दुई जना अझै हराइरहेको र घाइते हुनेमा एक आठ वर्षीया बालिका पनि रहेको र्कोइयो डु मान्हा अखबारले जनाएको छ।

मान्हाले नै थुप्रै डंढेलो प्रभावित क्षेत्रमा अझै सरकारको पहुँच नपुगेकाले मृतकको संख्या बढ्ने संभावना धेरै रहेको जनाएको छ। शनिबार राति पोच्र्युगलका करिब ६० वटा जंगलमा आगो सल्केको थियो। स्पेनले सहयोग स्वरूप दुईवटा पानी छर्कने विमान उपलब्ध गराएको छ।

अहिले सम्म आगलागिको यकिन कारण थाहा हुन सकेको छैन। तर प्रधानमन्त्री कोस्टाले संभवत आाधि तुफानकोबेला चट्याङ पर्दा आगो लागेको हुनुपर्ने अनुमान गरेका छन्। केही दिन यता पोच्र्युगलका केही स्थानमा तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुगेको थियो।

पुर्तगाली सरकारले यस दुखान्त घटनाको कारण मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्