मेयर थापालाई खुलाल थापा परिवारको सम्मान



भक्तपुर, (नेस) ।
धनन्जय गोत्र खुलाल थापा परिवारले आफनै गोत्रबाट सूर्यविनायक नगरपालिकामा निर्वाचीत मेयर बासुदेव थापालाई सम्मान गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोलस्थित खुलाल गाउँमा आयोजना गरिएको कार्यक्रममा मेयर थापालाई धनन्जय गोत्र खुलाल थापा परिवार समस्त खुलाल गाउँबाट सम्मान गरिएको हो ।

 

सो अवसरमा मेयर थापाले ७५ वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला, खादा र माला लगाएर सम्मान गरेका थिए । मेयर थापाले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफू् निकै गौरभान्वित महशुस गरेकोे बताए ।

 

मेयर थापाले आफू मेयरमा निर्वाचीत भएसँगै नगरबासी खुसी भएको र अब नगरको विकास हुन्छ भन्ने विश्वास सबैमा पलाएकाले सो विश्वासलाई मर्न नदिने बताए । सो कार्यक्रममा धनन्जय गोत्र खुलाल थापा परिवारका करिब तीन सयको सहभागिता रहेको थियो ।

 

कार्यक्रम थापा परिवारमध्येका सबैभन्दा ज्येष्ठ नागरिक देवी बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा थापा परिवारका विष्णु थापा र भगवान थापाले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्