कपिलवस्तुको वाणगंगामा बम विस्फोट,९ जना घाइते



काठमाडौ (नेस) ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा वडा नं ४ मा बम विस्फोट हुँदा ९ जना घाइते भएका छन भने दुईवटा बसमा क्षती पुगेको छ । घाइतेको उपचारका लागि बुटवल लगिएको छ ।

बम अपरान्ह १ बजे विस्फोट भएको नेपाल समाचापत्र संवाददाता सिताराम चौधरीले जानकारी दिनुभयो ।

बम बिस्पोट कसले गरेको अझै सम्म पनि खुल्न नसकेको बताइएको छ ।

आज मनोनय दर्ताको दिनलाई प्रभावित पार्ने गरी बम विस्फोट गराइएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाको छानवीन जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्