काफ्ले पुरस्कृत



काठमाडौं, (नेस)
लायन्स क्लव ३२५ ए १ को चौंथो क्याविनेट एवम् एवार्ड कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा आयोजित कार्यक्रममा डिष्टिक गभर्नर कुमारराज सुवेदीले माउन्ट मकालु क्लबका कोषाध्यक्ष द्वारिकाप्रसाद काफ्लेलाई २०१६⁄१७ को वेष्ट कोषाध्यक्षको अवार्ड प्रदान गर्नुभयो। १३० क्लब रहेको यस डिस्टिकमा २०१६⁄१७ मा क्लबहरूले गरेको कार्य विवरणलाई आधार मानेर मूल्याङकन समितिको सिफारिसमा काफ्लेलाई अवार्ड प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्