भक्तपुरको यति कार्पेट उद्योगमा भीषण आगलागी



भक्तपुर- भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति ११:३० बजेबाट सुरु भएको आगलागी बिहान ७ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

 

आगलागी नियन्त्रणका लागि भक्तपुर वारुण यन्त्र, उपत्यकाका दमकलहरु प्रयोग गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी छ ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्