एनएफडीसी अवार्डमा छक्का पञ्जा र पुरानो डुंगालाई बराबर पुरस्कार



दीपक र दीपाले लिएनन्, अवार्डको खुसीमा प्रियंका र आयुष्मानद्वारा चुम्बन साटासाट

विदुर गिरी
गत वर्षका फिल्मलाई सामेल गरी यस वर्ष आयोजना हुने फिल्म अवार्डको खाता खोल्दै शनिबार राजधानीमा सम्पन्न पाँचौ संस्करणको एनएफडीसी नसनल फिल्म अवार्ड २०७३ मा पोहोर सालकै सुपरडुपरहिट फिल्म छक्का पञ्जाले ५ विधाको अवार्ड चुमेको छ। यो फिल्मले सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री र हास्य कलाकारका साथमा सर्वोत्कृष्ट व्यावसायिक फिल्मको अवार्ड चुमेको छ।

५ विधाको अवार्ड घोषणा भए पनि केही अगाडिसम्म कार्यक्रमस्थल राजधानीको बौद्धस्थित होटल हायतमा देखिएका छक्का पञ्जाकी निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्माता दीपकराज गिरी, हास्य अभिनेता केदार घिमिरेलगायत सो फिल्मका नाममा अवार्ड विजेताका रूपमा घोषणा हुँदा हलमा देखिएनन्। छक्का पञ्जाका नाममा घोषित अवार्डहरू निर्मल शर्मा, नायिका प्रियंका कार्कीलगायतले ग्रहण गरे। दीपकलाई पछि कार्यक्रमस्थलमा नदेखिनुका कारणबारे जिज्ञासा राख्दा उनी खुल्न चाहेनन्। छक्का पञ्जा अवार्डमा सर्बाधिक विधाको मनोनयनमा परेको थियो। दीपाश्री निरौलाले डेब्यु फिल्म छक्का पञ्जाबाटै निश्चल बस्नेत, रामबाबु गुरुङजस्ता स्थापित र नेपाली फिल्म क्षेत्रलाई नयाँ मोड दिलाउने निर्देशकहरूलाई पछाडि पार्दै निर्देशक विधाको अवार्डमा बाजी मारेकी थिइन्। अवार्ड समारोहमा रामबाबु गुरुङद्धारा निर्देशित फिल्म प”रानो डुंगाले पनि छक्का पञ्जालाई पछ्याउँदै पाँचै विधाको अवार्ड चुमेको छ। प”रानो डुंगाले सहअभिनेता, सहअभिनेत्री, पटकथा लेखन, छायांकार र संगीतकार विधाको अवार्ड चुम्यो।

नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) को आयोजनामा सम्पन्न अवार्ड समारोहमा विपिन कार्की जात्राबाट सर्वोत्कृष्ट अभिनेता र प्रियंका कार्की छक्का पञ्जाबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भए। अभिनेत्री विधामा प्रियंकाले अवार्ड चुमेपछि कार्यक्रम अवधिभरजसो उनीसँगै बसिरहेका नवअभिनेता आयुष्मान देशराजले उनलाई उठेर चुमे। प्रियंकाले पनि आफ्नो र आयुष्मानको आमाकै साम” उनको ओठमा चुमे। आयुष्मानले चपलीहाईट २ बाट नवअभिनेताको अवार्ड जितेका थिए। नवअभिनेत्रीको अवार्ड भने प”र्व मिस नेपाल सृष्टी श्रेष्ठले गाजलुबाट पाइन्।


यो अवार्डका विधाहरू नेपाली फिल्म क्ष्ँेत्रमा साँढे २ दशकभन्दा लामो समयसम्म योगदान पुर्याउने जिवित तथा निधन भइसकेका फिल्मकर्मी तथा पत्रकारको सम्मानमा उनीहरूको नाममा नामाकरण गरिएको छ। अवार्डमा निर्देशक स्व. हिरासिंह खत्रीको नाममा सर्वोत्कृष्ट फिल्म, स्व. प्रकाश थापाको नाममा निर्देशक, प्रथम नायक शिवशंकर र अर्का नायक शिव श्रेष्ठको नाममा अभिनेता, प्रथम नायिका भुवन चन्द र नायक भुवन केसीको नाममा अभिनेत्री, अभिनेत्री वसुन्धरा भुषालको नाममा सहअभिनेत्री, अभिनेता नीर शाहको नाममा सहअभिनेता, अभिनेता विश्व बस्नेतको नाममा नव अभिनेता, अभिनेत्री चैत्यदेवीको नाममा नवअभिनेत्री, हास्यअभिनेता स्व. गोपालराज मैनालीको नाममा हास्यकलाकार, छायांकानर मञ्जुकुमार श्रेष्ठको नाममा छायांकार, साउण्ड इञ्जिनियर प्रदीप उपाध्यायको नाममा पुनध्वनि मुद्रण, लेखक निर्देशक चेतन कार्कीको नाममा पटकथा लेखक, गायक उदितनारायण झाको नाममा पाश्र्व गायन, नृत्यनिर्देशकद्वय स्व. वसन्तजंग रायमाझी र वसन्त श्रेष्ठको नाममा नृत्य निर्देशक, द्वन्द्व निर्देशक गोपाल भुटानीको नाममा द्वन्द्व निर्देशन, संगीतकार शम्भुजित बासकोटाको नाममा संगीतकार र संगीतकार शुभबहादुर सुनामको नाममा पाश्र्वसंगीत तथा  निर्देशक एवं सम्पादक तुलसी घिमिरेको नाममा सम्पादक विधाको अवार्ड नामाकरण गरिएको छ।

त्यसै गरी चलचित्र पत्रकारिता पुरस्कार कामना सिने मासिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको नाममा नामकारण गरिएको छ भने जुरी अवार्ड मह जोडी र वर्षकै व्यावसायिक फिल्मको अवार्ड जमानाको सुपर हिट फिल्म कसुमे रुमालको नाममा नामाकरण गरिएको छ। कामनाका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको नाममा स्थापित पुष्कर चलचित्र पुरस्कार कान्तिपुर दैनिकका शुशिल पौडेललाई प्रदान गरियो भने महका नाममा स्थापित मह जुरी अवार्ड डाइङ क्यान्डललाई प्रदान गरिएको छ।

पूर्वनेपाल सुन्दरी सुगरीका केसीद्वारा सञ्चालित अवार्ड समारोहमा बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला आकर्षणको केन्द्र बनेकी थिइन्। क्यान्सरबाट उत्रिएकी कोइरालाले क्यान्सरको उपचार महंगो हुने अनुभव शेयर गर्दै क्यान्सरपीडित गरिबलाई सहयोग गर्ने अभियानमा लागेको बताइन्। सो अवसरमा उनको अभिनयमा टिभी फिल्मीले सहयोग रकमसमेत हस्तान्तरण गरेको थियो। समारोहमा विभिन्न देशका राजदूतहरू पनि सामेल भएका थिए।

विधा विजेता फिल्म
फिल्म आमा सरस्वती गीतादेवी फिल्म्स् छक्का पञ्जा
निर्देशक दीपाश्री निरौला छक्का पञ्जा
अभिनेता विपिन कार्की जात्रा
अभिनेत्री प्रियंका कार्की छक्का पञ्जा
सहअभिनेता माओत्से गुरुङ पुरानो डुंगा
सहअभिनेत्री मेनका प्रधान पुरानो डुंगा
नवअभिनेता आयुष्मान देशराज चपली हाइट २
नवअभिनेत्री सृष्टी श्रेष्ठ गाजलु
हास्यकलाकार केदार घिमिरे छक्का पञ्जा
पटकथा लेखक रामबाबु गुरुङ⁄उपेन्द्र सुब्बा पुरानो डुंगा
सम्पादक मित्र गुरुङ जात्रा
संगीतकार कालिप्रसाद बासकोटा पुरानो डुंगा
पाश्र्व गायन मीना निरौला (ठमेल बजार) लुट २
नृत्य निर्देशक विक्रम स्वार (ठमेल बजार) लुट २
द्वन्द्व निर्देशक रोशन श्रेष्ठ किङ
पूनध्वनि मनोजराज भण्डारी जात्रा
पाश्र्व संगीत इमानविक्रम शाह चपली हाइट २
मह जुरी अवार्ड डाइङ क्यान्डल कसुमे रुमाल
व्यावसायिक फिल्म छक्का पञ्जा
पुष्कर चलचित्र पत्रकारिता पुरस्कार सुशील पौडेल

प्रतिक्रिया दिनुहोस्