प्रमुख पदको कान्छी उम्मेदवार सुशिला राई



रामधन राई,खोटाङ ।
गाउँमा स्थापित सामाजिक संस्था नब ईन्द्रेणी युवा क्लबको संस्थापक सदस्य हुँदै बिद्यार्थी राजनीतिमा प्रबेश गरेकी खोटेहाङ गाउँपालिकाकी प्रमुख पदको उम्मेदवार सुुशिला राई २३ बर्षकी भईन् ।

किरात राई बिद्यार्थी संघमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको समेत जिम्मेवारी सम्हालेकी राई नयाँ शक्ति र संघीय समाजबादी फोरम नेपालको तर्फबाट गाउँपालिका प्रमुखका संयुक्त उम्मेदवार हुन् ।

नयाँ शक्ति निकट बिद्यार्थी संगठनको जिल्ला सहसंयोजक हुँदै राजनीतिमा प्रबेश गरेकी सुशिला आफ्नो पालिकामा ब्याप्त बिकृति, बिसंगति, तथा भ्रष्टाचार अन्त्यका लागि आफ्नो उम्मेदवारी आवश्यक परेको बताउँछिन् ।

महिला सक्षमताको पुष्टीका लागि समेत आफ्नो उम्मेदवारी भएको राईको भनाई छ । खोटोहाङ गाउँपालिका ६ ईन्द्रेणीपोखरीस्थित ईन्द्रेणीपोखरी माबिबाट एसएलसी परीक्षा उतीर्ण गरी सरस्वती उच्च माबि दिक्तेलबाट प्रमाणपत्र तह उतीर्ण गरी हाल दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा बी.ए. दोश्रो बर्षमा अध्ययनरत उनी जिल्लाभरिकै प्रमुख पदको कान्छी उम्मेदवारमा पर्छिन् ।

स्वर्गीय जीतबहादुर राई र अम्बिकादेबी राईको साहिँली छोरी सुशिलाको २ दाजु, दुई दिदी र एक बहिनी छन् । खेती किसानी गर्ने सामान्य परिवारको पृष्ठभुमि राजनीतिक नभए पनि शुसिला समाज तथा देशको उन्नति र बिकासका लागि स्वबिबेकले राजनीतिमा होमिएको बताउँछिन ।

लामो समयदेखि राजनीतिक अनुभब बटुलेका प्रतिद्वन्दीहरु तुलनात्मक हिसाबले आफुभन्दा बलियो देखिए पनि आफ्नो सक्षमता र ईमान्दारिताका कारण जित आफ्नो हातमा पर्ने उनी दाबी गर्छिन् ।

दुई नगर र आठ गाउँपालिका रहेको जिल्लास्थित पालिकाहरुको प्रमुख पदमा सुशिला एक र माओबादी केन्द्रका ५ गरी जम्मा ६ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस्