राजविक्रम र मुस्कान मिस्टर र मिस एसईई आइकन



यसपाली एसईई दिएका किशोर किशोरीबीच बिहीबार राजधानीमा सम्पन्न चौथो संस्करणको मिस्टर एन्ड मिस एसईई आइकन २०१७ को उपाधि ललितपुरको इमाडोलवासी हिडन ब्रिज एकेडेमी इमाडोलका राजविक्रम गोदार र इमाडोलवाकै ओमेगी सेकेन्डरी स्कुल कुमारीपाटीकी मुस्कान चित्रकारले चुमेका छन्।

एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा राजविक्रम मिस्टर क्याटवक र वेस्ट डान्सको उपउपाधिसहित मिस्टर एसईई आइकन २०१७ भए भने मुस्कान भिवर्स च्वाइस र व्युटी विथ पर्पसका साथ मिस एसईई आइकन २०१७ भएकी हुन्। प्रतियोगितामा किशोरतर्पm कुशल तामाङ मिस्टर फेसबुक च्वाइस र मस्ट फोटोजेनिकसहित फस्ट तथा राजिव पण्डित मस्ट चार्मिङसहित सेकेन्ड रनर्सअप भए।

कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा समन मधुकर्मी मस्ट पपुलर, भिवर्स च्वाइस र वेस्ट डिसिप्लेन, पासाङ लामा मस्ट ट्यालेन्ट, समन श्रेष्ठ वेस्ट स्पिच, स्वयं मानन्धर वेस्ट पर्सनालिटी, दिवाकर श्रेष्ठ वेस्ट फिजिक, मानवीर राई मस्ट फ्रेन्डली, इञ्चन गिरी मस्ट एक्टिभ र मस्ट डिर्जभिङ, इशान तुलाधर वेस्ट सिंगर, लुजा वज्राचार्य मिस्टर ≈यान्डसम, आर्यन दर्लामी मगर वेस्ट हेयर र इरिश महर्जन वस्ट फिटनेस चुनिए।

हिसानका पूर्वउपाध्यक्ष युवराज शर्मा, प्राध्यापक डा. क्षितिज उपाध्याय, अभिनेत्री शुभेच्छा थापा, प्राध्यापक ऋषि न्यौपाने तथा सञ्चारकर्मीद्वय सूर्य चन्द र सरोज प्याकुरेल निर्णायक रहेको किशोरीहरुतर्पm दीक्षा दाहाल मस्ट फोटोजेनिक र वेस्ट आर्टवर्कसहित फस्ट रनर्सअप, वर्षा ढकाल वेस्ट पर्सनालिटी र मस्ट एक्टिभसहित सेकेन्ड रनर्सअप, कृष्टिना कायस्थ वेस्ट हेयरसहित थर्ड रनर्सअप तथा प्रशंसा श्रेष्ठ मिस व्युटीफुलसहित फोर्थ रनर्सअप विजेता भए।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अगाडि बढाइएको प्रतियोगितामा सीमा राई मस्ट पपुलर र मस्ट क्रियटिभ, सन्ध्या वस्ती फेसबुक च्वाइस, परिस्थी श्रेष्ठ मिस क्याटवक, रक्षा रायमाझी सोसल्ली रेसपोन्सिबल, सञ्चिता श्रेष्ठ मिस ट्यालेण्ट, युनिषा बुढाथोकी वेस्ट स्माइल, सुमिला महर्जन वस्ट स्किन, सुष्मिता बुलुन वस्ट डिसिप्लेन, रजनी महर्जन वेस्ट फिजिक, अञ्जली तामाङ वस्ट फिटनेस, प्राप्ती श्रेष्ठ मस्ट फ्रेन्डली, रोशीना तामाङ मिस कन्जिनियालिटी, न्यान्सी केसी मस्ट चार्मिङ, अनिशा श्रेष्ठ फेशन आइकन, वर्षा ढकाल मस्ट एक्टिभ, शनिषा शाही सोसल वेलफेयर एम्बेसडर, पपुसा भण्डारी मस्ट पोजेटिभ एटिट्युड, इशा श्रेष्ठ वेस्ट सिंगर, सुष्मिता श्रेष्ठ युथ विथ रेसपोन्सिबिलीटी, स्मृति खत्री वेस्ट डान्स र पलिस्ता वज्राचार्य मस्ट आइकोनिक आइज चुनिएका छन्।

प्रतियोगितामा सबै सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लवबहादुर कार्कीले बताए। उनका अनुसार प्रतियोगितामा सहभागी किशोर किशोरीहरुले हाउसका तर्पmबाट व्यवस्था गरिएका विभिन्न कलेजमा पूर्णरुपमा छात्रवृत्ति पाउनेछन्।

कार्यक्रममा ध्रुव विस्को र युवराज कंडेलले गीत तथा यन्सु श्रेष्ठ र बन्नी ग्रुपले नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्