राजापालाई सहभागी गराउन निर्वाचन सारियो– पुन



यमलाल भुसाल, बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वर्षमान पुनले राजापालाई निर्वाचन प्रकृयामा ल्याउन प्रदेश नम्बर दुईको निर्वाचन पछि सारिएको बताउनु भएको छ ।

प्रदेश नम्बर दुईको निर्वाचन असोज २ गते गर्ने निर्णय सकारात्मक भएको उहाँले दावी गर्नुभयो । नेकपा माओवादी केन्द्रले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजपालाई निर्वाचनमा ल्याउन राजनीतिक र व्यवहारिक रुपमा सरकार र निर्वाचन आयोगलाई सुझाव दिईएको बताउनुभयो । पहिलो चरणको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएको नेता पुनको दावी छ ।

 

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले माओवादी केन्द्रले अघि सारेको एजेण्डाबाट जनता प्रभावित बनेको बताउनुभयो । उहांँले शान्ति, संविधान, सम्वृद्वि, संघीयता, समावेशीता जस्ता एजेडाप्रति जनता उत्साहित र प्रभावित भएको दावी गर्नुभयो । असार १४ गते हुने दोश्रो चरणको निर्वाचनमा प्रदेश नम्बर पांचमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दावी गर्दै नेता पुनले त्यसका लागि पार्टी लागि परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्