अर्की कान्छी महिला उम्मेद्धवार मैदानमा



सलिम अन्सारी, प्यूठान
आशन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा २३ बर्षिया युवा नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेकी छन । गाउँपालिकामा उपाअध्यक्षको टिकट पाएकी तुलसा बिष्ट जिल्ला कै कान्छी र युवा उम्मेद्धवार हुन । अंगे्रजी साहित्य स्नातक पढदै गरेकी उनि गाउँपालिका उपअध्यक्षको उम्मेद्धवारी पाएसँगै गाउँ गाउँमा बिकासका नाराहरु सहित चुनावी प्रचारमा जुटेकी छन ।

सानै देखि राजनितीमा रुची भएको बताउने बिष्टलाइ दिइएको जिम्मेवारी कुसल्तापूर्वक निभाउन सक्ने बिश्वासमा उपाअध्यक्षको टिकट दिइएको पार्टीले बताएको छ । तीन वर्ष अघि पार्टीको क्रियाशिल सदस्यता पाएकी युवा नेतृ बिष्ट पार्टीले सँचालन गर्ने हरेक जसो कार्यक्रम र गतिबिधिमा अग्रस्थानमा रहेर काम गर्दै आएकी छिन ।

‘यो स्थानीय चुनाव युवाका लागि स्वर्णिम अवसर हो, हामी नेतृत्वमा आउनु भनेको परिवर्तन ल्याउनु हो’ उनले भनिन, ‘युवामा नयाँ जोश सँगै नयाँ योजना हुन्छन ती युवाले नै पुरा गर्न सक्छन ।’ नेपाली काँग्रेस सरुमारानी गाउँपालिका कमिटी कि कोषाध्यक्ष र क्षेत्र नम्वर १ की क्षेत्रिय सदस्य समेत रहेकी उनि निर्वाचनको मिती नजिकिदै गर्दा आफुलाइ जिताउन भन्दै मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त हुन थालेकी छन ।

प्रतिक्रिया दिनुहोस्