पुम्दीभुम्दीलाई एम्बुलेन्स हस्तान्तरण



 

पोखरा, २ असार । पोखरा लेखनाथ महानगरपालिका–२२ पुम्दीभुम्दीलाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

पुम्दीभुम्दी–काठमाडौँ सम्पर्क समाजको सक्रियतामा भारतीय दूतावासले उक्त एम्बुलेन्स उपलव्ध गराएको वडाध्यक्ष मित्रलाल बरालले बताउनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा समाजका अध्यक्ष हेमराज बरालले वडाध्यक्ष बराललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

सचिव बरालले एम्बुलेन्सको व्यवस्थाले बिरामीको उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्