लालीगुराँस र सेब फाइनलमा



 

काठमाडौं, (नेस)
आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब) तेस्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

मनमैजुस्थित घरेलु कोर्टमा पहिलो संस्करणको विजेता लालीगुराँसले महामञ्जुश्रीलाई ३७–२७ ले पराजित गर्यो। लालीगुराँसको जितमा सदाझैं सर्वाधिक स्कोर गर्ने क्रममा प्रिन्स केसीले १३ अंक योगदान गरे। सेबले नेरिकलाई २७–२४ को साँघुरोअन्तरले हरायो। सेबका बाबुराम पुनले १२ अंक जोडे।

सिनियर गल्र्समा ग्रिनल्यान्ड र इडेन ब्रिज एकेडेमी उपाधिका लागि भिड्ने भएका छन्। ग्रिनल्यान्डले युनिभर्सलको चुनौती २७–११ ले समाप्त पार्यो। विजयी टिमका लागि अरीक्षा खड्काले १६ स्कोर गरिन्। इडेनले हिमालयन एकेडेमीको यात्रा २४–१३ ले पूर्णविराम लगायो। इडेनकी सुम्निमा खड्काले १८ अंक जोडिन्। गल्र्सको स्पर्धा पहिलो पटक समावेश गरिएको हो।

प्रतिक्रिया दिनुहोस्