बुटवलमा कांग्रेसको मिडिया सेन्टर स्थापना



 

यमलाल भुसाल, बुटबल
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार समन्वय समितिले नेपाल प्रेस युनियन रूपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा लुम्बिनी अञ्चलस्तरीय मिडिया सेन्टर स्थापना गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन प्रचारप्रसार समितिका केन्द्रीय संयोजक रमेश लेखक र नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीको उपस्थितिमा उक्त मिडिया सेन्टर स्थापना गरिएको हो।
मिडिया सेन्टरको सहसंयोजकमा रूपन्देही जिल्ला डेस्कका संयोजक यमलाल भुसाल रहनुभएको छ भने सदस्यहरूमा लुम्बिनी अञ्चलका ६ वटै जिल्लाका प्रेस युनियनका सभापतिहरू रहनेछन्। स्थानीय तह निर्वाचन प्रचारप्रसार समन्वय समिति रूपन्देहीका संयोजक विश्वेश्वरप्रसाद बस्यालको सभापतित्वमा भएको कार्यक्रममा ६ वटै जिल्लाका पार्टीका निर्वाचन प्रचारप्रसार समन्वय समितिका संयोजकहरू तथा पे्रस युनियनका प्रतिनिधिहरू सहभागी थिए।

चुनाव प्रचारप्रसार समन्वय समितिले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। ‘२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेस कमजोर भयो, माओवादी र एमालेले आलोपालो गर्दै चारपटक सरकार फेरे, मुलुकले चार जना कम्युनिस्ट प्रधानमन्त्री पायो तर संविधान पाएन’, उहाँले भन्नुभयो– ‘तर दोस्रो संविधानसभाको चुनावपछि नेपाली कांग्रेस पहिलो पार्टी बन्यो, सरकारको नेतृत्व गर्यो, संविधान पनि दियो।’ पूर्वमन्त्रीसमेत रहनुभएका नेता लेखकले नेपाली कांग्रेसले हार्दा मुलुक र मुलुकका एजेन्डाले पनि हार्ने तथा नेपाली कांग्रेसले जित्दा मुलुक र मुलुकका मूलभूत एजेन्डाले पनि जित्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्