घू्स लिँदै गर्दा निमित्त कार्यालय प्रमुख रंगेहात पक्राउ



 

प्रकाश पन्त, वीरेन्द्रनगर
जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद आचार्य सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका छन्। रकम नदिएसम्म जग्गा रोक्का र जग्गा पास नगरिदिने भन्दै सेवाग्राहीवाट ३० हजार रुपियाँ घूस लिँदै गर्दा उनी पक्राउ परेका हुन्।

निमित्त कार्यालय प्रमुखसमेत रहेका नायब सुब्बा आचार्य आफ्नै कार्यकक्षमा सेवाग्राहीसँग घूस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो। रकम नदिएसम्म जग्गा रोक्का र पास नहुने भन्दै सेवाग्राहीलाई अल्झाएपछि अन्ततः सेवाग्राहीले पनि आफ्नो काम गराउन रकम दिन मञ्जुर गरेका थिए।

रकम मागेर प्रमुख आचार्यले दुःख दिएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका निमित्त प्रमुख जंगबहादुर डाँगीले सेवाग्राहीको सूचनाको आधारमा बिहीबार आचार्यलाई रंगेहात पक्राउ गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्