रसुवामा ढुङ्गाले छाएको छानो हराँउदै



रसुवा,(नेस) ।
रसुवामा निमार्ण भएका नयाँ घरमा ढुङ्गाको छानो बिस्तारै हट्दै गएको देखिन थालेको छ ।

भूकम्प भन्दा पहिले रसुवाको गाउँवस्तीमा निर्माण भएका घरको छानो ढुङ्गाले छाउने गरिएको भए पनि हिजोआज ढुङ्गाको प्रयोग निकै नै न्युन छ ।

यसअघि जिल्लाको ग्रामिण भेगमा निर्माण हुने घरको छानाको रुपमा कालो ढुङ्गा लगाउँने गरिएको थियो ।

जिल्लामा भूकम्पले भत्किएको ११ हजार घरमध्ये पहिलो किस्ता बुझेर निर्माण भएका एक हजार भूकम्प प्रभावितको अधिकांस घरमा जस्ताको छाना प्रयोग भएको छ ।

भूकम्प प्रतिरोधी घर वनाउने भन्दै गाउँमा ढुङ्गाको छाना लगाउन छाडिएको नौकुण्ड गाउँपालिका स्थित सरमथलीका चट्टे बहादुर तामाङले वताउँनुभयो ।

जिल्लाको सरमथलीमा कालो ढुङ्गाको खानी नै रहेको छ । यसअघि कालो ढुङ्गा घर छाउने ढुङ्गाको रुपमा प्रयोग हुँदै आएको थियो ।

१९ वर्ष अघिसम्म सरमथलीबाट घर छाउने ढुङ्गा रसुवाको साथै नुवाकोट तथा काठमाण्डौमा समेत निर्यात हुने गरेको थियो । त्यतिखेर १४÷१४ को एउटा ढुङ्गाको मुल्य ७ रुपँया थियो ।

तामाङले भन्नुभयो ‘ढुङ्गाको खानी रहेको सरमथलीमा ११ वटा घर निर्माण भयो ति सबै घरको छाना जस्ताले छाइएको छ ।

निजी आवास निमार्णका लागि भूकम्प प्रभावितले स्थानीय स्रोत तथा साधनको प्रयोग छाडेर सिमेन्ट रड तथा जस्तापाताको प्रयोग थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्