‘असोज २ गते चुनाव हुने ग्यारेण्टी के ?’ डा. शेखर कोइराला



रामकृष्ण चापागाई
काठमाडौं
नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले सत्ताघटक दल नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी (राजपा) वीच प्रदेश नम्बर २ को निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारणा राख्नु भएको छ । तेस्रो चरणमा निर्वाचन हुन्छ भन्ने ग्यारेण्टी नभएको भन्दै उहाले एकै चरणमा निर्वाचन गर्नुपर्ने बताउनु भएको छ ।

संविधान संशोधनको ग्यारेण्टी गरेर असार १४ गते नै निर्वाचन हुनुपर्ने भन्दै काग्रेस नेता कोइरालाले मधेशको समस्या समाधान गरेर मात्र सथानिय निर्वाचनको लागि अघि बढ्न आफुले पहिलेनै सल्लाह दिएको पनि बताउनु भएको छ । विहिवार सिहदरबारमा बसेको काग्रेस, माओबादी र राजपाका शीर्ष नेताहरुको बैठकले प्रदेश नम्बर २ मा स्थानिय तहको निर्वाचन तीन महिना पछि असोज २ गते गर्ने सहमति गरेलगत्तै डा. कोइरालाले नेपाल समाचारपत्रसंग कुरा गर्दै संविधान संशोधनको ग्यारेण्टी गरि असार १४ गतेनै निर्वाचन गर्नुपर्ने धारणा राख्नु भएको हो ।

आन्दोलनरत मधेशबादी दलहरुले मधेशको राष्ट्रियता र प्रमुख प्रतिपक्षदल नेकपा एमालेले पहाडको राष्ट्रियता देखाउन खोजेकोले नै समस्या गाठो परेर बसेको काग्रेस नेता कोइरालाको भनाई थियो । ‘आगामी असोज २ गते चाहि निर्वाचन हुन्छ भन्ने ग्यारेण्टी के छ ?’ डा. कोइरालाले भन्नुभयो– अब यसको असर धेरै ठुलो पर्छ । दलहरुवीच निर्वाचन सार्ने सहमति भएपनि राजपाले चुनावमा आउने निर्णय गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्