बर्खायाम सुरु भएसँगै जलयात्रा प्रभावित



फलेवास (पर्वत), १ असार । वर्खायाम सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएपछि कालीगण्डकी नदीमा (¥याफ्टिङ) जलयात्रा रोकिएको छ ।

विशेषगरी चैत, वैशाख र जेठ महिनामा यामअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको दोस्रो सातादेखि नै भारी वर्षा हुन थालेपछि ¥याफ्टिङ प्रभावित बनेको हो ।

विगतका वर्षहरुमा कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (¥याफ्टिङ्ग) सहजरुपमा सञ्चालन गरिएपनि यस वर्ष बर्सातको समय छिटो सुरु भएका कारण ¥याफ्टिङ सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज, पोखराका अध्यक्ष नीमबहादुर मगरले जानकारी दिनुभयो ।

“अघिल्लो वर्ष मे महिनाभरि ¥याफ्टिङ गर्न सकेका थियौँ”, उहाँले भन्नुभयो, “यस वर्ष मे महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा पुग्न सकेनन् ।” उहाँले स्थानीय तहको निर्वाचनले समेत ¥याफ्टिङ प्रभावित बनेको जानकारी दिनुभयो ।

वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने उहाँले बताउनुभयो । नेपालका त्रिशूली, लोअर सेती लगायतका अन्य नदीमा समेत ¥याफ्टिङ सञ्चालन हुने गरे तापनि यस वर्ष चीनमा मे १६ देखि १८ सम्म आयोजित ¥याफ्टिङ फ्यामिली म्याचमा भाग लिनका लागि नेपाली टोली त्यहाँ जाने तयारी गरेको उहाँले बताउनुभयो ।

कालीगण्डकी नदी छोटो र पारिवारिक जलयात्राका लागि उपयुक्त मानिँदै आएको छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । ¥याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक संगै स्वेदशी पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्वतको कुश्मा नगरपालिका–२ पाङस्थित नयाँपुल तथा मालढुङ्गाबाट सुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपेली मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्