नसर्ने रोग बढाउँदै पोलेका मासुनसर्ने रोग बढाउँदै पोलेको मासु



हेटौंडा, (नेस) । नेपालमा हाल विभिन्न प्रकारका सरुवा रोगको प्रकोप कम हुँदै गएको देखिए पनि अर्बुदरोग, मुटुरोग, मधुमेह र मानसिक रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् ।

हेटौंडामा बुधबार सञ्चारकर्मीसँगको अन्तक्र्रियामा अस्वस्थ्यकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण यस्ता रोग बढ्दै गएको बताइयो । नेपालमा हुने मृत्युको ठूलो कारण यिनै नसर्ने रोग भएको बताइएको छ । पोषण र शारीरिक क्रियाकलाप कमीका कारण यस्ता रोगको खतरा बढ्दै गएको चिकित्सकले बताएका छन् ।

सुर्तीजन्य पदार्थ सेवन, अनियन्त्रित मद्यपान, धेरै नुन र बोसोयुक्त खाना, बासी, ढुसी परेको र अखाद्य रंग मिसाइएको खाना, कीटनाशक तथा पोलेर डढेको माछामासु आदिको सेवनबाट  रोगका बिरामी बढ्दै गएको छन् । हरियो ताजा सागपात र फलफूल नियमित प्रयोगले अन्य रोगका साथै क्यान्सरबाट सुरक्षित राख्ने भए पनि यसको प्रयोग कम मानिसले मात्र गर्ने भएकाले नसर्ने रोगको प्रकोपलाई बढाएको छ ।

धेरै रोग असन्तुलित खाना, नियमित परिश्रम कमी र प्रदुषणयुक्त वातावरणको असर तथा मानिसको जीवनशैलीका कारण हुने गरेका छन् । नेपालमा करिब ५० हजार बढी मानिस अर्बुद रोगी रहेको बताइएको छ । अस्पतालको तथ्यांक हेर्ने हो भने फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फ ग्रन्थ्री, पेट, रगत, घाँटी, मस्तिष्क, दिसा गर्ने नली र छालाको अर्बुदरोगी प्रमुखरुपमा आउने गरेका छन् । जनचेतनाको कमीका कारण धेरैजसो बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आउने कारण उनीहरुलाई बचाउन नसकिने चिकित्सकको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सञ्चार विकास तथा अनुसन्धान केन्द्र काठमाडौंको संयुक्त आयोजनामा नसर्ने रोग सम्बन्धि पत्रकारहरुस“गको अन्तत्र्रिmयामा छतिवन प्राथमिक स्वास्थ्य केन्द्रका डा. परमार्थ बस्नेतले नसर्ने रोगबाट नै धेरै मानिसको ज्यान जाने भएकोले यसबारे सचेत हुनु आवश्यक रहेको बताए । नसर्ने रोगहरुको नियन्त्रण, लक्षण एवम् सञ्चारकर्मीको भूमिकाबारे डा. बस्नेतले प्रस्तुति राखेका थिए ।

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न राष्ट्रिय कार्ययोजना २०१४–२०२० तयार पारेको छ । स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले राष्ट्रिय कार्ययोजना तयार पारेका हुन् । विश्वमा कुल मृत्युमध्ये करिब ५० प्रतिशत नसर्ने रोगबाट भइरहेको सन्दर्भमा नेपालमा यसको नियन्त्रणका लागि कार्ययोजना तयार पारिएको हो ।

मुटु, चोटपटक, मानसिक स्वास्थ्य, क्यान्सर तथा श्वासप्रश्वास जस्ता नसर्ने रोगबाट विश्वमा मानिसहरुको ज्यान लिइरहेको छ । मृत्युमध्ये २२ प्रतिशत मृत्यु मुटुरोगका कारण हुने गर्दछ । चोटपटकबाट १९ प्रतिशत, मानसिक स्वास्थ्यबाट १८ प्रतिशत, अर्बुदबाट १७ प्रतिशत र श्वासप्रश्वासबाट ६ प्रतिशत छ ।

कार्ययोजनाले मुटु, क्यान्सर, मधुमेह, श्वासप्रश्वाससम्बन्धि दीर्घकालीन रोगबाट हुने मृत्युदरमा २५ प्रतिशतले घटाउने, १५ वर्षभन्दा माथिका सुर्तीसेवन गर्ने जनसंख्यामा ३० प्रतिशतले कमी ल्याउने, मोटोपन र मधुमेह वृद्धि रोक्ने, नसर्ने रोगको उपचारका लागि आवश्यक पर्ने किन्न सकिने आधारभूत प्रविधि तथा अत्यावश्यक औषधि सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा ८० प्रतिशत उपलब्ध गराउने लक्ष्य कार्ययोजनाले निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्