डोटी रेडक्रस द्धारा बिद्यालयलाई फिल्टर बितरण



विमल विष्ट, डोटी ।
नेपाल रेडक्रस सोेसाईटी डोटी शाखाले पानी शुद्धिकरणका लागि जिल्लाका बिभिन्न २५ बिद्यालयहरुलाई फिल्टर उपलब्ध गराएको छ । युनिसेफ नेपालको सहयोगमा संचालित बिद्यालय स्वच्छता प्रबद्र्धन कार्यक्रम अन्तरगत परियोजना क्षेत्रका बिभिन्न २५ बिद्यालयलाई २ सय ३६ वटा पिउने पानीको फिल्टर उपलब्ध गराईएको सो संस्थाका जिल्ला खानेपानी तथा सरसफाई अधिकृत सुवास श्रेष्ठले जानकारी दिनु भयो ।

 

वर्षात तथा गर्मिको समयमा बिभिन्न पानीजन्य तथा खानाजन्य रोगहरुको महामारी फैलिन सक्ने भएकाले पानीजन्य रोगलाई रोकथाम गर्न फिल्टर उपलब्ध गराइएको श्रेष्ठले बताउनु भयो । बिद्यार्थीको संख्याको आधारमा प्रति ३० जना बिद्यार्थीलाई १ फिल्टर पुग्ने गरि फिल्टर उपलब्ध गराईएका नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले जनाएको छ । बिद्यालय स्वच्छता प्रबद्र्धन कार्यक्रम साबिकको दुर्गामाण्डौं , पोखरी, गाजरी, काडामाण्डौं, गैरागाउँ, बगलेक, पचनाली तथा दिपायल सिलगढी नगरपालिकामा संचालित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्