सेब सेमिफाइनलमा



 

काठमाडौं, (नेस)
सेब तेस्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। सेबले डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्डलाई ३३–२७ ले पराजित गर्यो। सेबको जितमा बाबुराम पुनले २५ अंक योगदान गरे। जुनियर ब्वाइजमै आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’, महामञ्जुश्री र नेरिक पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे।

लालीगुराँस ‘ए’ ले ग्रिनफिल्डलाई ३२–२४ ले हरायो। लालीगुराँसको जितमा प्रिन्स केसीले १४ अंक योगदान गरे। महामञ्जुश्रीले आयोजक लालीगुराँस ‘बी’ लाई ५०–२० ले पाखा लगायो। विजेताका महेश खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ३५ अंक जोडे। नेरिकले एन्जल्स हर्टको चुनौती १९–१५ ले समाप्त पार्यो।

प्रतिक्रिया दिनुहोस्