देशमा राष्ट्रियता जोगाउने र समाप्त पार्नेबीच लडाई छ :नेता बिष्ट



अनिल खत्री,गुल्मी।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले देशमा राष्ट्रियता जोगाउने र समाप्त पानबीच दुई शक्तिको लडाई रहेको बताएका छन् ।

स्थानिय निर्वाचनको चुनावी कार्यक्रमको लागी गुल्मीमा रहेका नेता बिष्टले बुधवार बिहान जिल्लाको मुसिकोट नरगपालिकाको वडागाउँ हलोगाडे भन्ने स्थानमा आयोजित सभामा अहिले देशमा राष्ट्रियता जोगाउने र समाप्त पार्नेबिच दुई शक्ति बिचको लडाई रहेकाले राष्ट्रियताको पक्षमा लडने एमालेलाई जिताउन आग्रह गरेका छन् ।

बिष्टले स्थानीय निकायको चुनावमा आफुहरुको लडाई नेपाली कांग्रेससंग भएको बताए छन् । आफुले सजिलै जित्न सक्ने ठाउँमा पनि कांग्रेसले अरु पार्टीसंग हार गुहार गरिरहेकाले एमाले बिजय नजिक रहेको बताएका छन् ।

‘एमाले एक्लै लड्ने हो, जीत हार चुनाव हो,’बिष्टले भने, ‘आफुहरुले आश नगरेको स्थानमा समेत कांग्रेसले माओवादीको साथ खोज्नु नै एमालेको जीत हो । अब नेपाली जनताको पार्टी एमाले भैसकेकाले जनतालाई एमाले बन्न र समृद्ध नेपाल निर्माण गर्न कुनै शक्तिले रोक्न सक्दैन ।’

लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी बन्न सम्पुर्ण मतदाता एवं कार्यक्रर्ताहरुसंग उनको आग्रह छ । उनले राष्ट्रिय मुद्धाहरुका साथ पहिलो चरणको चुनावमा आफुहरु पहिलो पार्टी भएकाले सवै तहको चुनाव पछि एमालेले दुई तिहाईका साथ सरकार चलाउन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्