लन्डनको ग्रेनफेल टावरमा भीषण आगलागी



काठमाडौं, (नेस) ।
बेलायतको लन्डनमा रहेको ग्रेनफेल टावरमा गएराती भीषण आगलागी भएको छ ।

लन्डनको लाटिमार रोडमा रहेको २५ तले सो टावर अपार्टमेन्टको रुपमा प्रयोग हुँदै आएको थियो । आगलागीका कारण सो टावरमा मानिसहरु परेको जनाइएको छ । आगलागीमा परेको मानिसहरुको उद्धार कार्य जारी रहेको लण्डनका समाचार माध्यमले जनाएका छन् ।

टावरको २५ तलामध्य बीचको तलाबाट फैलिएको आगो टावरको सम्पूर्ण तलामा फैलिएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि २ सय भन्दा बढी दमकल परिचालन गरिएको छ ।

आगलागीले उक्त शहरको वरिपरीका घरसम्म फैलिएको छ ।

आगलागिबाट भएको क्षतिको कुनै विवण नआएको र आगलागीको कारणबारे केही जानकारी प्राप्त नभएको समाचार माध्मले जनाएका छन् । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्