लालीगुराँस क्वाटरफाइनलमा



 

काठमाडौं, (नेस)
आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’ तेस्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मनमैंजुस्थित घरेलु कोर्टमा लालीगुराँसले डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्डलाई १९–१७ ले हराउँदै अन्तिम आठमा स्थान बनायो। अन्य खेलमा एन्जल्स हर्टले प्रतीक गौलीको १४ अंकको सहयोगमा हिमरश्मीलाई २३–१० ले, उमेश दाहालको १७ अंकसहित ग्रिनफिल्डले इनोभेटिभ इङलिस स्कुललाई ३५–१५ ले, नेरिकले हिमालयन एकेडेमीको चुनौती २३–१८ ले तथा महामञ्जुश्रीले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३३–१५ ले पराजित गरेर अन्तिम आठमा पुगे।
यस्तै सिनियर गल्र्सको लिग खेलमा युनिभर्सलले सिद्धार्थ वनस्थलीलाई २०–१५ ले पराजित गर्यो। टोलीकी संगीता फुयालले १० अंक जोडिन्। ग्रिनल्यान्डले हिमालयनलाई १६–१० ले निराश पार्यो। टोलीकी अरिश्का खड्काले १० अंक बटुलिन्। ईडेनले कान्तिपुरलाई १९–१४ ले हरायो।

प्रतिक्रिया दिनुहोस्