जर्मन रेल्वे स्टेसनमा गोली चल्यो



 

म्युनिख, (एजेन्सी)
जर्मनीको म्युनिखस्थित एक उपनगर रेलवे स्टेसनमा एकजना पुरुषले एकजना प्रहरीको बन्दुक लिएर गोली प्रहार गर्दा मंगलबार एक जर्मन महिला प्रहरीको टाउकोमा गोली लागेको छ।

उन्टरफोरिंग एस –बाह्न स्टेसनमा भएको सो गोलीकान्डमा ती २६ वर्षीया प्रहरी गम्भीर घाइते भएकीछिन् भने अन्य दुईजना बस सवार पनि गोली लागेर चिन्ताजनक स्थितिमा पुगेका छन्। प्रहरीले गोली हानी हल्का घाइते बनाइ नियन्त्रणमा लिएका ती आक्रमणकारी अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ।

प्रहरी अनुसनधान कार्य व्यापक रुपमा अघि बढाइएकाले उत्तरी उपनगर उन्टरफोहरिंगको सेलवे सेवा बन्द गरिएको छ। प्रहरीले स्थिति पूर्ण नियन्त्रणमा आइसकेको जनाएको छ।

प्रहरीका अनुसार सो स्टेसनमा थुप्रै व्यक्तिहरू बीच भिडन्त भइरहेको बेला प्रहरीले हस्तक्षेप गर्दा सो घटना घटेको हो। उक्त भिडन्तमा सरिक एक व्यक्तिले खुकुरी बोकेको बताइएको छ।

जर्मन एन टेलिभिजनले गोली चलाउने ती ३७ वर्षीय पुरुष जर्मन नागरिक र म्युनिख वासिन्दा भएको जनाएको छ। उक्त एस– बाह्न रेलवे लाइन म्युनिख विमानस्थल जाने प्रमुख मार्गहरूमध्ये एक हुन्।

सन् २०१६ को मे महिनामा म्युनिख नजिककै ग्राफिंग रेल्वे स्टेसनमा एकजना पुरुष आक्रमणकारीले खुकुरी प्रहार गरी एकजना बटुवाको ज्यान लिनुका साथै अन्य तिनजनालाई गम्भीर घाइते बनाएका थिए। ती व्यक्ति पागल भएको बुझिएको थियो।

प्रतिक्रिया दिनुहोस्