रुकुममा ६ महिनामा १८ मानव अधिकार उलंघन



धनवीर दाहाल, रुकुम ।
रुकुममा ६ महिना यता १८ मानवअधिकारका उलंघनका घटना घटेको तथ्यांङ्क सार्वजनिक गरिएको छ ।

इन्सेक रुकुमले गएको ६ महिना यता संकलन गरेका विभिन्न मानव अधिकार सम्बन्धि उलंघनका १८ ओटा घटनाहरु सार्वजनिक गरेको हो । मानव अधिकार बर्ष पुस्तक २०१८ को लागी संकलित घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रमको आयोजना गरि उक्त घटनाहरु सार्बजनिक गरिएको हो ।

उक्त घटनाहरु मध्ये सबै भन्दा बढि बाल अधिकार अन्र्तगत ,बलात्कार र बाल विवाह गरि सात ओटा र नागरिक तथा राजनैतिक अधिकार अन्र्तगत मानव अधिकार हनन् भएका ६ ओटा घटनाहरु रहेका छन । अन्य घटनाहरुमा महिला विरुद्ध हुने भेदभाव तथा दुब्र्यवहार अन्र्तगत बोक्सी आरोपमा एउटा,बहुविवाहमा २ ओटा यौन दुब्र्यवहारमा एक ओटा घटनाहरु रहेको इन्सेक रुकुमले जनाएको छ ।

रुकुमका प्रमुख जिल्ला अधिकारी बंशी कुमार आचार्यले मानव अधिकार भन्ने कुरा अति संबेदनशिल भएकाले यसको रक्षा गर्न सबैको उत्तिकै दायित्व र कर्तब्य भएको बताउनुभयो । स्थानिय तहको पहिलो चरणको चुनावमा पनि सुरक्षा निकायको प्रत्येक युनिट तथा सुरक्षार्मीलाई समेत मानव अधिकारको पुर्ण पालना तथा त्यसको रक्षाको को लागी जिम्मेवार बन्न निर्देशन समेत दिइएको उहाले बताउनु भयो ।

कार्यक्रमा नेपाली काग्रेशका महाधिबेशन प्रतिनिधी खड्ग बहादुर डाँगी, नेकपा एमालेका उपसचिव माधव गौतम ,नेकपा माओबादी केन्द्रका बुद्धि प्रसाद गौतम,रुकुमका डिएसपी अंगुर जिसी,सहायक प्रमुख जिल्ला अधिकारी शेर बहादुर पुन,रेडक्रस सभापति शिवराम खत्री तथा रुकुमका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा मानव अधिकारको रक्षा र पालनाको लागी जिल्लामा अधिकारबादी सघ सस्थाहरु अझै क्रियाशिल भएर लाग्नु पर्ने सहभागीले सुझाब दिएका थिए । कार्यक्रमको सहजीकरण इन्सेक रुकुमका जिल्ला प्रतिनिधी आदर्श केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्