नेपाल र यमनको खेल सुरू LIVE



३० जेठ, काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच खेल्न लागेको हो ।

https://youtu.be/0Qvd54g4IlA

खेल सशस्त्र प्रहरीको हलचोक मैदानमा सुरू भएको हो, भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अझै पुनर्निर्माण भइनसकेकाले एन्फाले बैकल्पिक मैदानका रुपमा एपिएफको मैदानलाई प्रयोग गर्न लागेको हो ।

हलचोक मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

छनौटको पहिलो खेलमा फिपलपिन्ससँग ४–१ गोलले पराजित भएको नेपालले घरेलु मैदानमा यमनसँग गोल नखाने रणनीति बनाएको छ । घरेलु मैदानमा जित हासिल गरी अन्य खेलहरु सहज बनाउने योजना हिजोको पत्रकार सम्मेलनमा नेपाली कप्तान बिराज महर्जनले सुनाएका थिए ।

पछिल्लो समय सन् २०१४ मा मार्चमा कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपालले यमनसँग २(० को पराजय ब्यहोरेको थियो । भारतसँग २(० ले पराजित हुँदै एसियन कप छनौटको पहिलो चरणबाटै बाहिरिएको नेपाल एएफसी सोलिडारिटी कप बिजेताको हैसियदमा तेस्रो चरणबाट पुनः प्रबेश पाएको हो ।

मूख्य डिफेण्डरहरु चोटग्रस्त रहनु र नयाँ तथा पुराना खेलाडीको संयोजन नमिल्नु पछिल्लो समय नेपाली टोलीको मूख्य समस्याको रुपमा देखिएको छ ।

एक साताअघि भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल २(० ले हारेको थियो । त्यस खेलमा नेपालको रक्षापंक्ति कमजोर देखिएको थियो । नेपालका प्रशिक्षक ग्योतोकी कोजुले आजको खेलमा रक्षापंक्तिमा सुधार हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्