ताप्लेजुङमा फेलापरेको संकास्पद बस्तु सेनाद्धारा डिस्पोज



रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालीकाको भित्रि सडकमा फेला परेको संकास्पद बस्तु नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ ।

 

आठराई त्रिबेणी गाउँपालीका ३ स्थित सप्तमि बजार जाने भित्री सडक खण्डमा झोला बाहिर तार निस्केको अबस्थामा फेला परेकोे संकास्पद बस्तुलाई नयाँ रणभिम गुल्मबाट गएको टोलिले डिस्पोज गरेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामबहादुर केसिले जानकारी दिनुभयो ।

 

सो संकास्पद बस्तु बम भए वा नभएको भन्ने विषयमा नेपाली सेनाले अध्यायन गरीरहेको सेनाले बताएको छ । मंगलबार विहान करीब दश बजे सडक विचमा सो संकास्पद बस्तु फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

 

खबर पाउन साथ ईलाका प्रहरी कार्यालय दोभान बाट प्रहरी नायव निरिक्षकको कमाण्डमा १३ जना प्रहरीको टोलि गई संकास्पद बस्तुलाई घेरा हालि राखेको थियो । त्यस पछि सदरमुकाम फुङलिङ बाट गरेको नेपाली सेनाको बम डिस्पोजल टोलिले सो संकास्पद बस्तुलाई निस्कृय पारेको हो ।

 

ताप्लेजुङमा विप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी स्थानिय तहको चुनाबको विरोधमा रहेकाले सोहि पाटिले सो संकास्पद बस्तु राखेको हुन सक्ने सुरक्षा निकायको आसंका रहेको छ ।

 

यता सो पाटीका जिल्ला ईन्चार्ज आसिस हामि सँग टेलिफोनमा कुरा गर्दै सो संकास्पद बस्तु आप्mनो पार्टीले नराखेको टेलिफोन मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्