एमालेलाई चौतर्फी घेराबन्दीमा पारेपनि बहुमत आउछ – नेता बिष्ट



नेपाल समाचारपत्र, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले उनले एमालेको जनलहर प्रति अन्य राजनितीक दलहरुले समेत चौतर्फी घेराबन्दी गरेर चुनावी तालमेल गरेपनि तालमेलले कुनै असर नपर्ने बताएका छन् ।

मंगलवार गुल्मीको इस्मा गाउँपालिकाको वडा नं. २ आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेता बिष्टले मुलुकको परिर्वतनका लागि एमालेको बहुमत आवश्यक रहेको बताएका छन । एमालेलाई हराउन जो सुकैले तालमेल गरेर अगाडि बढेपनि एमालेसगँ नेपाली जनताको साथ भएकाले तालमेलका पछाडि नलागि चुनावी मैदानमा लाग्न नेता कार्यकत्र्ताहरुलाई आग्रह समेत गरे ।

 

अहिलेको स्थानीय तहको निर्वाचन नेपाली काग्रेस, नेकपा एमाले , माओवादी केन्द्र लगायत अन्य राजनितीक पाटीहरुका बिच भन्दा पनि राष्ट्रियता जोगाउने र समाप्त पार्नेबिच भएको भन्दै विष्टले राष्ट्रियता जोगाउनका लागि पनि एमालेको बहुमत आवश्यक रहेको बताए ।

जिल्लामा एमालेले सवै निकाय जित्ने संकाले कांग्रेस र माओवादी केन्द्र जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए । उनले सकेसम्म पैसा र प्रलोभन देखाएर जित्ने नभए बुथ कब्जा गर्ने र मतपत्र च्यात्ने योजनामा सत्तापक्ष भएकाले चनाखो बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्