कांग्रेस-एमाले राजपाको निसानामा, नेतामाथि सांघातिक आक्रमण



महोत्तरीमा राजपा कार्यकर्ताको ढु‌ंगा प्रहारबाट क्षति भएको एमाले सांसद शाह चढेको गाडी

नेपाल समाचारपत्र, काठमाडौं ।
निर्वाचनको विरोध गर्दै तराई मधेस बन्द गरेको राजपाले कांग्रेस एमालेका नेता कार्यकर्तालाई निसाना बनाएर आक्रमण गरेको छ।

पहिलो दिनको मधेस बन्द अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले एमाले र कांग्रेस कार्यकर्ताको गाडीमा तोडफोड समेत गरेका छन्।
आज बिहान राजपाका कार्यकर्ताले महोत्तरीमा एमालेका सांसद र नेपालगञ्जमा कांग्रेसका मेयर उमेद्वारलाई निसाना बनाउँदै उनीहरुको गाडी तोडफोड र आक्रमण प्रयास गरेका छन्।

महोत्तरीमा राजपाका कार्यकर्ताले एमालेका सांसद दीपनारायण साह चढेको गाडी तोडफोड गरेका छन ।

औरही गाउँपालिका १ मा जम्मा भएका राजपा नेताहरुले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ५ का सांसद साह चढेको गाडीमा ढुंगा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ।

सम्सीबाट बर्दिबास आउँदै गर्दा ‍औरही भन्ने ठाउँमा उनको गाडीमाथि आक्रमण भएको महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।

गाडीको अगाडीपट्टी सिसा फुटेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि कांग्रेस उमेद्वार डा. सुरेशकुमार कनोडियाको गाडी मंगलबार विहानै राजपाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जानाएको छ ।

घरदैलोमा गएका कनोडियालाई पुराएर फर्कीएको स्कारपियो गाडी माथि आज बिहान त्रिभुवन चोकमा ढुंगा प्रहार भएको बाँके प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्