आर्मीले उपाधि रक्षा गर्यो



 

नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन आर्मी क्लबले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता जितेर उपाधिको रक्षा गरेको छ।

एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको फाइनल खेलमा आर्मीले सीएमजी संकटा क्लबलाई १–० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आर्मी गोल गर्न सफल भएको थियो। जसमा आरिक विष्टले ५२औं मिनेटमा करिब २२ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो। यही एक मात्र गोलको सहयोगमा आर्मीले उपाधि लगातार दोस्रो पटक जित्यो।

प्रतियोगिता विजेता आर्मीले ३ लाख नगद हात पारेको छ। त्यस्तै संकटाले १ लाख ५० हजार रुपियाँ प्राप्त गर्यो। त्यस्तै अन्य व्यक्तिगत विधामा आर्मीले चार विधामा उत्कृष्ट बनेका छन्। जसमध्ये डिफेन्समा विश्वास उदास, मिडफिल्डमा दिनेश योञ्जन, गोलकिपरमा अर्पण कार्की र प्रशिक्षकमा चक्र तामाङ उत्कृष्ट भएका हुन्। संकटाका दिपेश आलेमगर फरवार्डमा उत्कृष्ट घोषित भए। व्यक्तिगततर्फ प्रत्येकले १० हजार रुपियाँ हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्