लगन जुराउन उमेर पुगेको प्रमाण



हेटौंडा, (नेस) । मकवानपुरको बकैया–३ मा धार्मिक अगुवाहरुले बालविवाह जस्ता सामाजिक कुरीति र अपराध रोकथाम र न्यूनीकरण गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हिन्दु, बौद्ध र इसाई धर्मका अगुवाले यस्तो प्रतिवद्धता जनाएका हुन् । बौद्ध धर्मका गुरुहरुले समाजमा बालविवाह रोक्न सबै धर्मका गुरुहरुको ऐक्यवद्धता र प्रयासको खा“चो रहेको बताए । उनीहरुले हालसम्म बालविवाहको कानुनी ज्ञान कम भएकाले चासो नदिएको तर यस विषयमा आगामी दिनमा विवाहको लगन जुराउन, साइत हेर्न, विवाहको कुरा टुंगो लगाउन आपूmहरुस“ग सल्लाह लिन आउ“दा विवाह हुन लागेका केटाकेटीको उमेर प्रमाण कागज हेरेर कानुनबमोजिम उमेर पुगेको पुष्टि भएमात्र विवाह गराउने, उमेर नपुगेको पाइए विवाह रोक्नेतर्फ लाग्ने बौद्ध धर्मका अग्रज अगुवा (लामा) जिन्लप दोर्जेलामाले प्रतिवद्धता जाहेर गरेका थिए ।

हिन्दु धर्मका पुजारी, पुरोहितहरुले पनि विवाहका लागि आप्mनो सम्पर्कमा आउनेहरुलाई बालविवाहबारे सचेत गराउने, बालविवाह गर्नगराउने कार्यमा आप्mनो सहभागिता शून्य हुने प्रतिवद्धता व्यक्त गरे ।

इसाई धर्मका अगुवाले पनि मण्डलीहरुमा नियमित बैठक र भेलामा किशोरकिशोरी, युवा र अभिभावकमा बालविवाहका सवालमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । छतिवनको हात्तीसु“डेमा भएको कार्यक्रमका सहभागीले बालविवाहका विषयमा धार्मिक अगुवास“ग छलफल गरेको सम्भवतः पहिलो अनुभव भएको बताए । कार्यक्रममा ३ वटै धर्मका अगुवाले आप्mनो क्षेत्रमा बालविवाह हुन नदिन सक्दो प्रयास गर्ने भन्दै हस्ताक्षरसहित सामूहिक लिखित प्रतिवद्धता गरेका थिए ।
छतिवनमा सिविन र सरोकारवालाले थालनी गरेको बालविवाह रोकथाम र न्यूनीकरणको अभियानमा धार्मिक अगुवाको भूमिका ठूलो हुने भएकाले अन्तक्र्रिया गरिएको सिविन बाल हेल्पलाइन मकवानपुर संयोजक झविन्द्र ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्