नेकपाले ३० गते राप्ती बन्द गर्ने



नेपाल समाचारपत्र, प्यूठान
नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्दको आव्हान गरेको छ। उस्ले यहि जेठ ३० गते राप्ती बन्द गर्ने बताएको हो ।

शान्तीपुर्ण रुपमा निर्बाचन बहिस्कारको नीतिमा रहेको आफनो पार्टिका नेता तथा कार्यकर्तालाइ राज्यले पक्राउ गरेको बिरोधमा बन्दको आव्हान गर्न बाध्यय हुनु परेको राष्टिय युवा जन स्वयँसेवकका केन्द्रिय सदस्य एवँ प्यूठान जिल्ला इन्चार्ज हरी बस्नेतले बताए। समाचारपत्रसँगको कुराकानीमा उनले पक्राउ परेका आफना पार्टिका नेता तथा कार्यकर्तालाइ बिना सर्त रिहाइ गर्न सरकार सँग माग गरे ।

 

पार्टीका केन्द्रिय सदस्य सितलले आइतवार एक बतmव्य निकालेर राप्तीका ५ जिल्ला बन्दको आवहान गरिएको जानकारी गराएका हुन। देउवा प्रचण्ड नेतृत्वको सरकारले पार्टीका नेता तथा कार्यकर्तालाइ बिना कारण गिरफतार गर्ने,घर घरमा गइ बिनाकारण सोधपुछ र खानतलासी गर्ने र झुटा मुद्धामा फसाउने गरेकाले भोली एकदिनका लागि राप्ती बन्द घोषणा गरिएको बिज्ञप्तीमा जनाइएको छ । नेकपाले यस्तो गतिबिधी राज्यको ज्यादती भनी उल्लेख समेत गरेको छ ।

 

बिज्ञप्तीमा जनाइए अनुसार प्यूठानबाट १० जना, रोल्पाबाट १४ जना, दागँबाट ३ जना,रुकुमबाट १४ जना कार्यकर्तालाइ प्रहरीले हिरासतमा राखेको भन्दै उनिहरुको बिना सर्त रिहाइको माग समेत गरिएको छ। पहिलो चरणको स्थानीय तहको निर्बाचन बहिस्कार नेपाल कम्युनिष्ट पार्टीले १४ असारमा हुन लागेको दोश्रो चरणको निर्वाचन पनि बहिस्कार गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्