इंग्ल्यान्डले जित्यो यु–२० विश्वकप



 

लन्डन, (एजेन्सी)
इंग्ल्यान्डले यु–२० विश्वकप फुटबल उपाधि जितेको छ।

प्रतियोगिताअन्तर्गत आइतबार दक्षिण कोरिया सुवोन स्टेडियममा भएको फाइनलमा इंग्ल्यान्डले भेजुएलालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। योसंगै इंग्लिस फुटबल टिमले सन् १९६६ मा फिफा विश्वकप जितेयता फुटबलमा यो नै प्रमुख उपाधिसमेत बनेको छ।

इंग्ल्यान्डलाई जित दिलाउन कलभर्ट लेविनले खेलको पहिलो हाफमा गरेको गोल नै खेलको निर्णायक सावित बन्न पुग्यो। यता दोस्रो हाफमा भेनेजुएलाले पेनाल्टीको अवसर पाए पनि गोल फर्काउन असफल रहे। खेल सकिन १७ मिनेट बाँकी छँदा भेनेजुएलाका अदलबेर्टो पेर्नान्दोले गरेको पेनाल्टी प्रहारलाई इंग्लिस गोलरक्षक फ्रेडी उडम्यानले उत्कृष्ट बचाउ गरेका थिए। इंग्ल्यान्डले यसअघि सेमिफाइनलमा इटालीलाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्