मोटी सुन्दरीहरू स्पर्धामा



 

सिद्दी मिडिया प्रालिले नेपालमै पहिलोपटक चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी बुधबार राष्ट्रिय नाचघर जमलमा हुने प्रतियोगिता मोटो भएकै कारण प्रतिभा प्रस्फुटन गराउनबाट डराइरहेका महिलाका लागि आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्। प्रतियोगितामा समिरा श्रेष्ठ, मिनु तामाङ, सुनीता नेपाल, प्रेरणा श्रेष्ठ, रितु कपाली, सीमा बोम्जन, मेनका जोशी, निकिशा दंगाल, कृति बर्तौला, सगुन गुरुङ, सपना राइ, क्यारिना शाक्य, नाबिता गुरुङ, सामन्ता गौतम र शिवानी खरेलले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको विजेताले नगद २५ हजारसहित फिल्म, म्युजिक भिडियोलगायतमा अवसर प्राप्त गर्ने जनाइएको छ। प्रतियोगिताका लागि छनौट भएका सुन्दरीलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको आयोजक अमित शाहले बताए। प्रतियोगितामा आशिषकुमार मिश्र र अप्सरा थापा कोरियोग्राफर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्