महिला तथा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं ।
नागर्जुन नगरपालिका– ३ स्थित ईचंगुनारायण आधारभुत विद्यालयमा शनिबार महिला तथा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाको आयोजनामा छत्रपाटी निःशुल्क चिकित्सालयको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा उक्त वडाभित्रका करिब २ सय महिलाहरु र १ सय २५ जना बालकालिकाले स्वास्थ्य सेवा पाए ।

महिलाहरुका लागि निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण शिविर संचालन गरिएको थियो । उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा.सोना श्रेष्ठ, डा. वस्था महर्जन लगायत स्वास्थ्यकर्मीहरुले सेवा पु¥याउनु भएको थियो ।

त्यस्तै बाल स्वास्थ्य परिक्षण बाल रोग विशेषज्ञ डा. रमेश मल्लका टोलीले बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरेको छ ।

उक्त शिविरको स्थानीय व्यवस्थापन ‘माया नेपाल’ तथा इचंगुनारायण आधारभुत विद्यालयले सहयोग गरेको छ । कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाका सभापति श्री अजय सिंह सुवाल ज्युले क्यान्सर संबन्धी जनचेतना तथा स्वास्थ्य शिविरहरु आगामी दिनहरुमा पनि विस्तार गर्दै जाने बताउनुभयो ।

छत्रपाटी निःशुल्क चिकित्सालयका संचालक समितिका अध्यक्ष श्री बिजयबहादुर मालीले आगामी दिनहरुमा पनि यस्ता स्वास्थ्य शिविरहरुमा सहयोग गर्ने प्रतिबद्दता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्