बेलायतको चुनावमा सत्तापक्ष अल्पमतमा



लन्डन, (एजेन्सी)
बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टी बिहीबार भएको मध्यावधि निर्वाचनमा अल्पमतमा परेको छ। यसले गर्दा बेलायतमा मात्रै होइन विश्वभरि नै नयाँ तरङ्ग उत्पन्न भएको छ। राजनीतिक अनिश्चिततासँगै बेलायती मुद्रा पाउन्ड स्टर्लिङको मूल्यमा गिरावट आएको छ।

बेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिने प्रक्रियामा रहेका बेलामा बेलायती निर्वाचनमा देखिएको अनपेक्षित परिणामले सत्तापक्ष झस्कन पुगेको छ।

स्टर्लिङको शुक्रबार बिहान सात हप्ता यताकै सबैभन्दा तल १ दशमलव २६३६ अमेरिकी डलरमा कारोबार भएको छ भने यूरो भने सात हप्तामा सबैभन्दा माथि ८८ दशमलव ५९ मा कारोबार भएको छ।

६ सय ५० स्थानमध्ये शुक्रबार यो समाचार तयार पार्दासम्म ६ सय ४९ स्थानको परिणाम परिणाम आउँदा कन्जर्भेटिभ पार्टीले सन् २०१५ को निर्वाचनमा ३ सय ३१ स्थान विजय हासिल गरेकोमा अहिले घटेर ३ सय १८ मा पुगेको छ भने लेबर पार्टीले पहिलेको २ सय २९ बाट बढाएर २ सय ६१ पुर्याएको छ।

त्रिशंकु संसद, टेरिजा मेले डियुपीको समर्थनमा सरकार बनाउने

बेलायतको संंसदिय आम चुनावमा सत्तारुढ कन्जरभेटिव पार्टीलाई सबैभन्दा धेरै ३ सय १८ सिट प्राप्त भएपनि प्रधानमन्त्री टेरिजा मेको नेतृत्वमा पार्टीले स्पष्ट बहुमत हासिल गर्न भने चुकेको छ । यसले प्रधानमन्त्री मेलाई राजिनामा दवाब आइरहेकोले सम्भवत केहि घण्टा भित्र उनले राजिनामा दिन सक्ने पनि सन्चार माध्यमहरुले जनाएको छ ।

नयाँ संसदको पहिलो बैठक जुन १३ मा बस्ने छ र त्यसको अगाडी नै मेले आवश्यक समर्थन हासिल गर्नु पर्ने वा राजिनामा दिनु पर्नेछ ।

यसैबिच चुनवी नतिजा आएपछि प्रधानमन्त्री मेले अल्पमतको सरकार बनाउने र यसका लागि उत्तरी आयरल्यान्डको १० सिट जितेको पार्टी डियुपीको समर्थन लिने बताएकी छिन् । यसले ६ सय ५० सिट रहेको तल्लो सदनमा उनलाई ३ सय २८ सांसदको समर्थन प्राप्त हुनेछ । यो संख्या बहुमतका लागि चाहिने ३ सय २६ भन्दा धरै हो ।

यसअघि सन् २०१५ मा डेविड क्यामरुनले बहुमत हासिल गर्दा क्षेत्रिय पार्टीहरुको प्रभाव प्राय न्यन रहेको थियो । तर यसपटकको मध्यावधी चुनामा १० सिट जितेका डियुपी किंगमेकर बन्ने भएको छ ।

ब्रक्जिट अर्थात युरोपेली संघबाट बाहिरिने पक्रियालाई टुंगोमा पुर्याउन ताजा जनादेशका लागि बहुमत लिएर बसेको कन्जरभेटिव पार्टीकी टेरिजा मेको सरकारले गरेको यस मध्यावधि चुनाव उनकै लागि फलदायी बन्न सकेन ।
चुनावी नतिजा अनुसार सत्तारुढ कन्जरभेटिवले ३ सय १८ , प्रमुख प्रतिपक्षी लेबोरले २ सय ६१ , एसएनपीले ३५, एलडीले १२ , डियुपीले १० र अन्यले १३ सिट हासिल गरेको छ । यो नतिजाले बेलायतको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिव त्रिशंकु बन्न पुगेको छ ।

बहुमतका लागि आवश्यक ३ सय २६ सिटको आंकडाबाट पछाडी परेकी टेरिजा मेको कन्जरभेटिव पार्टीले डियुपीको समर्थनबाट मात्रै सरकार बनाउन सक्ने छ । डियुपीका नेताले लेबोर पार्टीका जेरेमी कार्बिन प्रति आफनो असन्तोष ब्यक्त गरिसकेकोले उक्त पार्टीको गठबन्धनमा डियुपी सहभागी हुने सम्भावना न्युन रहेको छ । टेरिजाको निति पनि डियुपीको धेरै निकत मानिन्छ ।

डियुपी उत्तरी आयरल्यान्डको सबैभन्दा ठुलो राजनितिक पार्टी हो । बेलायतमा युनाइटेड किंगडम इन्डिपेन्डेन्स पार्टी (युकिप)ंको उदय हुनु अगाडी डियुपी नै युरोपेली संघलाई लिएर सबैभन्दा धेरै विरोध गर्ने पार्टी थियो ।
डियुपीले समलिंगी विवाह र गर्भपतनको विरोध गर्दै आइरहेको छ ।

ब्रेक्जिटको मुद्दामा डियुपी आयरल्यान्ड गणतन्त्रसँग उत्तरी आयरल्यान्डको सिमालाई जति सक्छ त्यति निर्वाध र खुला बनाउन चाहन्छ । उसले सिन फिनले युरोपेली संघमा आयरल्यान्डलाई विशेष स्थान दिन गरेको मागलाई पनि अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्