हिमाली क्षेत्रमा मोवाईल सेवा



चिरञ्जीवी मास्के, दोलखा । दोलखाको हिमाली क्षेत्रमा जिएसएम टेलिफोन सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले दोलखाको गौरीशङ्कर गाँउपालिका स्थित हिमआरोहिहरुको गाँउ बेदिङमा बिटिएस स्थापना गरेपछि हिमाली क्षेत्रमा जिएसएम टेलिफोन सेवा सञ्चालन भएको हो ।


पर्यटकीय जिल्ला दोलखाको विकट एवं दुर्गम हिमाली क्षेत्र तथा धार्मिक क्षेत्रमा टेलिफोन सेवा सञ्चालन गर्ने नेपाल टेलिकमको लक्ष्य अनुसार हिमआरोहिहरुको गाँउ बेदिङमा विटिएस स्थापना जिएसएम टेलिफोन सेवा सञ्चालन गरिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणी अर्यालले बताए । बेदिङमा नेपाल टेलिकमको विटिएस स्थापनाको लागि जग्गा दाता स्थानिय हिमआरोहि फिन्जो शेर्पा र प्राविधिक खेमराज बोहोराको विशेष भूमिका रहेको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख अर्यालले बताए ।
पर्यटकीय विकासको लागि सुचना तथा सञ्चारको सबैभन्दा बढी महत्व रहने भएकोले आफुले ६ बर्षदेखि बेदीङ आसपास टेलिफोन सञ्चालनको लागि प्रयास गरेको हिमआरोहि फिन्जो शेर्पा बताउछन् । मैले लामोसमय देखि प्रयास गरेको थिए फिन्जोले भने – नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणी अर्यालले सकारात्मक रुपमा इमान्दारीता पूर्वक काम गरिदिनु भएकोले यो क्षेत्रमा टेलिफोन सञ्चालन हुन सक्यो ।

वेदीङमा नेपाल टेलिकमको विटिएस स्थापना भएपछि नागुन तथा खेल्चाका ८४ घरधुरीका स्थानिय, गौरीशङ्कर गाँउपालिकाको बिभिन्न क्षेत्रका वासिन्दा र हिमआरोहिहरुको गाँउ बेदीङ, च्छो रोल्पा हिमताल लगाएतको क्षेत्रमा पुग्ने पर्यटक टेलिफोन सेवाबाट लाभान्वित हुने फिन्जोको भनाई छ ।
दुर्गम तथा विकट क्षेत्रमा विटिएस स्थापना गर्न कठिन र आर्थिक रुपमा महंगो पनि हुन्छ नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणी अर्यालल भन्छन् – तर विकट तथा दुर्गम क्षेत्रमा सेवा सञ्चालन गर्ने नेपाल टेलिकमको उदेश्य अनुरुप मुनाफा नहेरी सेवा भावले काम भएको छ । जिल्लाको अन्य दुर्गम पर्यटकीय क्षेत्रमा समेत नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गर्ने र त्यसको लागि कामहरु भै रहेको पनि अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्