श्रीमानले खनाए श्रीमतीको अनुहारमा तातोतेल



चिरञ्जीवी मास्के, दोलखा । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुकी ३४ बर्षकी उर्मिला तमाङलाई श्रीमानले मुखमा तातोतेल खनाएर घाईते बनाएका छन् ।
मादक पर्दाथ सेवन गरी अनुहारमा तातोतेल खनाएपछि अहिले पीडित उर्मिलाको उपचार काठमाडौँ स्थित टिचिङ अस्पतालको वर्न वार्डको ३७ नम्बर बेडमा भै रहेको प्रहरीले जनाएको छ । उर्मिलाको अनुहारमा उनको श्रीमान कुमार तमाङले तातो तेल खनाई दिएको पीडितको दाजु अमित तमाङले बताए । सधै बिभिन्न बहानामा कुटपिट, अपशब्दमा गालिगलौज र अपमान गर्दै आएका कुमारले मंगलवार मासु पकाउन तताएको तेल मुखमा खनाई दिएको बैनीले बताएको अमितले सुनाए ।
मंगलवार मेलाबाट फर्केपछि मासु खाने इच्छा भएकोले छोरालाई बजारमा मासु किन्न पठाए र आफु तेल तताउदै थिए दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ६ नाम्दुकी उर्मिलाले अस्पतालको बेडबाट भनिन् – त्यतिनै बेला मादक पर्दाथ सेवन गरी श्रीमान आएर त्यहि तातोतेल अनुहारमा खनाई दियो । तातोतेलले पोलेपछि आँखानै नदेख्ने भएको भाग्न खोज्दा पनि मार्छु भन्दै लखेटेको उर्मिलाको भनाई छ ।
तातोतेलका कारण उर्मिलाको अनुहार, पाखुरा, ढाडमा पोलेको र घटनामा संलग्न पीडितको श्रीमान कुमार तमाङको खोजी भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताए । घट्नाको खबर पाउना साथ प्रहरी पीडितको घरमा पुगेको तर त्यतिबेला घट्नामा संलग्न पीडितको श्रीमान कुमार फरार भै सकेकोले पक्राउ गर्न नसकिएको प्रहरी निरीक्षक केसीले बताए । मंगलवार राति ८ बजे तिर भएको घट्ना लगतै पीडितको देवरे घाईते उर्मिलालाई उपचारको लागि मैनापोखरी अस्पतालमा लगेको र बुधवार विहान थप उपचारको लागि काठमाडौँ टिचिङ अस्पताल पु¥याईएको पीडितको दाजु अमितले बताए ।
पीडित उर्मिलाको १७ र १३ बर्षको दुई छोरा तथा ९ बर्षको एक छोरी रहेका छन् । कुमारले पहिले पहिले पनि मादक पर्दाथ सेवन गरेर बैनीलाई कुटपिट गर्ने गरेको उर्मिलाको दाजु अमितले बताए । पैले पैले कुटपिट गर्दा हामीले नै छोरा छोरीको मुख हेरेर घर सम्हाल भनेर बैनीलाई भन्यौ तर अहिले झण्डै बैनीको ज्यानै गएन – दाजु अमितले भने । बैनीको उपचार र दोषि कुमारलाई पक्राउ गरेर कानुनी कार्वाहि गर्नुपर्ने अमितको माग छ ।
घाईते उर्मिला

प्रतिक्रिया दिनुहोस्