बेलायतमा संसदीय चुनावका लागि मतदान



लन्डन, (एजेन्सी)
बेलायतमा नयाँ सरकार गठनका लागि बिहीबार मतदान शुरु भएको छ। समय अगाडि भइरहेको यस आमनिर्वाचनका लागि देशभरि ४० हजार मतदान केन्द्रमा स्थानीय समय बिहान ७ बजे मतदान शुरु भएको हो। बेलायतमा मतदान राति दश बजेसम्म जारी रहनेछ।

बेलायतको यस चुनावमा जनताले संसदको ६ सय ५० सिटका लािग चुनाव भइरहेको छ। चुनावमा करिब ४ करोड ६९ लाख दर्ता मतदाताले मतदानमा भागलिने सम्भावना रहेको जनाइएको छ। हुलाक मतदानको माध्यमबाट केहिले पहिल्यै केही मत खसालिसकेका छन्।

सन् २०१५ को आम चुनावको आंकडाअनुसार देशमा हुलाकको माध्यमबाट १६ दशमलव ४ प्रतिसत मत खसालिएको थियो। धेरैसजो मतदान केन्द्र विद्यालय, कम्युनिटि सेन्टर्स र सामुदायिक भवनमा राखिएका छन्। धेरैजसो सिटको नतिजा मध्यरातसम्ममा आइसक्ने र शुक्रबारसम्ममा पूरै नतिजा आउने सम्भावना रहेको जनाइएको छ।

गतवर्षको जनमत संग्रहले बेलायतलाई युरोपेली संघबाट बाहिरिने फैसला दिएपछि त्यसको कार्यन्वयनलाई तीब्रता दिनका लागि यो मध्यावधी चुनाव घोषणा भएको हो। उक्त फैसलापछि तात्कालीन प्रधानमन्त्री डेबिड क्यामरुनले पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामापछि प्रधानमन्त्री बनेकी टेरिजा मेले इयुबाट बहिर्गमनको प्रक्रियालाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको बताउँदै चुनावमा जाने फैसला गरेकी थिइन्।

युरोपेली संघबाट बाहिरिने प्रक्रिया अगापडि बढाउने सहमतिमा हस्ताक्षर गरेकी प्रधानमन्त्री मेले बेलायत आगामी दुई वर्षमा इयुबाट बाहिरी सक्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्