आधा लभ र लाल्टिन सँगै



आज शुक्रबार एकसाथ दुई फिल्म आधा लभ र लाल्टिन अल नेपाल रिलिज हुने भएको छ।

नायिका ऋचा शर्माको निर्माणमा बनेको आधा लभ बुधबार राति राजधानीमा प्रिमियर शो गरी आज शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको हो। प्रिमियर शोमा फिल्म हेर्नेहरुले यसलाई प्रयोगात्मक फिल्म भनेका छन्। व्यापारिकरूपमा असफल सावित भएको मुखौटाको निर्देशनपछि आधा लभ निर्देशन गरेका अभिनेता अर्पण थापालाई यो फिल्म चुनौतीको विषय भएको छ। फिल्ममा लेखन र निर्देशन अर्पण थापाको छ भने कार्यकारी निर्माता पनि उनै छन्। अर्पण थापा, ऋचा शर्मा, रेमणदास श्रेष्ठ, टीका पहाडी, मिथिला शर्मा, रवि शर्मा, विपीन रिक्की गुरुङ, रोजिशा शाहीलगायतले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा संगीत सुजिल कर्माचार्य र छायांकन सिसन बानियाँको रहेको छ।

आजै रिजिलमा आउन लागेको अर्को फिल्म लाल्टिन देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। भानुप्रतापको प्रस्तुति तथा अनिम श्रेष्ठ र राज केसीको निर्माणमा बनेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, अर्जुनजंग शाही, केकी अधिकारी, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, रामकेशर बोगटी, जनक बर्तौला, भानुप्रताप, मोहनबहादुर श्रेष्ठ, कमल आले, नवीन शाह, सुनील कटुवाल, रिया श्रेष्ठ, राज कटुवाल निर्जन थापा मुख्य भूमिकामा छन्। फिल्ममा लेखन भानुप्रताप र किरण माइकल, संगीत विनोद ढकाल, किरण माइकल र धीरज पौडेल, नृत्य कविराज गहतराज, द्वन्द्व रोशन श्रेष्ठ, छायांकन हरि घले लामा, सम्पादन अर्जुन श्रेष्ठ र मिलन जीसीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्