गोरखामा जनप्रतिनिधिलाई सम्मान



गोरखा, (नेस)
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा गोरखाले जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचितहरुलाई बुधबार एक कार्यक्रम गरी सम्मान गरेको छ।  सामुदायिक वन उपभोक्ता महासंघको आगामी कार्यक्रमको विषयमा जानकारी दिन र जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष श्यामबाबु कट्टेलले जानकारी दिए।

संस्थाले गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ, गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारी, गोरखा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर खड्का, र गोरखा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य शम्भु थापालाई सम्मान गरिएको हो। उनीहरुलाई सामुदायिक वन उपभोक्ता महासंघ केन्द्र्रीय महासचिव भारती पाठकले अबिर लगाएर र दोसल्ला ओढाए सम्मान गरेकी हुन्। उनीहरु सबै कुनै न कुनै किसिमले सामुदायिक वन उपभोक्ता महासंघमा गोरखामा आबद्ध भएकाले उनीहरुलाई सम्मान गरिएको अध्यक्ष कट्टेलले जानकारी दिए।

सम्मानित भएपछि जनप्रतिनिधिहरुले वातावरण तथा वन जोगाउने कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघसँग समन्वय गरेर काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्