पतिलाई हिरो लिनुपर्ने सर्त राखेपछि विपासाको हात खाली



एक जमानाकी चर्चित बलिउड नायिका विपासा बसु अहिले भने खाली छिन्। लामो समयदेखि फिल्म नपाएका कारण उनी घरमै हाई काढेर बसिरहेकी छिन्।
कुनै बेला भ्याई नभ्याई फिल्ममा काम गरेर दर्शकको मन जितेकी यी काली बिरालीको हातमा अहिले भने कुनै फिल्म नभएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। समाचारअनुसार उनका अभिनेता पति करण सिंह ग्रोवरको पनि यही अवस्था छ। हातमा फिल्म नभएका कारण यो दम्पती लामो समयसम्म छुट्टी मनाएर बोर भइसकेको छ। हातमा काम नभएका कारण विपासा करणसिंह जिम र इभेन्टको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर चर्चामा बसिरहेका छन्। विपासाले खासमा किन काम पाइरहेकी छैनन्? भारतीय सञ्चारमाध्यमका अनुसार विपासा अहिले त्यही गल्ती दोहोर्याइरहेकी छिन्, जुन गल्ती वर्षौंपहिले भाग्यश्रीले गरेकी थिइन्।

सूत्रलाई उद्धृत गर्दै समाचारमा चर्चा गरिएअनुसार मैंने प्यार कियाको रिलिज र सो फिल्म हिट भएपछि हिमालय नामक व्यक्तिसँग विवाह गरेकी थिइन्। अफर लिएर निर्माता आफूकहाँ आएपछि भाग्यश्रीले आफ्ना पति फिल्मको हिरो भए मात्र काम गर्ने जवाफ दिएकी थिइन्। भाग्यश्रीको सर्त सुनेर निर्माताहरू उनीकहाँबाट भागेका थिए।

एक दुई निर्माताले हिमालयलाई हिरो लिने हिम्मत पनि गरेका थिए। तर हिमालय न राम्रो कलाकार थिए, न त स्टार नै। जसका कारण यही सर्तका कारण भाग्यश्रीको करियरसमेत डुब्न पुगेको थियो।

समाचारअनुसार विपासा बसुले पनि अहिले यस्तै गरिरहेकी छिन्। आफ्ना पति करण सिंहलाई हिरो लिनुपर्ने उनको सर्तकै कारण निर्माताहरू उनीबाट भागिरहेका छन्। विपासाको यो सर्तका कारण निर्माताहरूले उनलाई आफ्ना फिल्ममा लिइरहेका छैनन्। त्यसैले करण सिंहका साथ विपासा पनि खाली हात बस्नु परेको समाचारमा चर्चा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्