डाउन पिलुवाखोलाको शेयर बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल



काठमाडौं, (नेस)
९ दशमलब ५ मेगावाट क्षमता रहेको डाउन पिलुवाखोला साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी रिभर फल्स पावर लिमिटेडले प्रतिशेयर सय रुपियाँ अंकित दरको ३४ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि एनआईसी एसिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सोमबार रिभर फल्स पावरका तर्फबाट कार्यकारी अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाई र एनआईसी एसिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गर्नुभयो। संखुवासभाको चैनपुरस्थित पिलुवाखोलामा निर्माणधीन उक्त आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्