साढे दुई दशकदेखि यती कार्पेट



विगत २५ वर्षदेखि यती फल्लोरिङअन्तर्गतको यती (पीभीसी) प्लास्टिक र यती फेब्रिक ‘सुन्दर’ को लोगोसहित यती ब्रान्डका कार्पेटको उत्पादन गर्दै आएको छ। नेपाली बजारमा उपलब्ध यती कार्पेटले विभिन्न ९ डिजाइनमा ३६ रङमा बजारमा उपलव्ध छ।

वार्षिक १० लाख मिटर उत्पादन गर्दै आएको छ। कम्पनीले उत्पादनको आधा भन्दा बढी हिस्सा काठमाडौं र काठमाडौं आसपासको क्षेत्रमा खपत हुने गरेको कम्पनीका सिनियर सेल्स मेनेजर राजकुमार शाहले बताउनुभयो। हाल बजारमा ७० प्रतिशत बजार नेपाली कार्पेट धानिरहेको शाहको भनाइ छ। नेपालभर यती कार्पेट बिक्री हुँदै आएको छ।

यती कार्पेटको माग वार्षिक २० प्रतिशतले वृद्धि भइरहेको र विस्तारै ग्रामीण इलाकामा समेत प्रयोग बढ्दै गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उपत्यकामा मात्र कुल उत्पादनको ६० प्रतिशत बिक्री हुने गरेको छ भने ४० प्रतिशत मात्र कार्पेट उपत्यका बाहिरका जिल्लामा बिक्री हुँदै आएको शाहले बताउनुभयो।

यती कार्पेट सबै क्षेत्रमा प्रयोग भएको छ। फेब्रिक कार्पेट मात्र उत्पादन गर्दै आएको कम्पनीले विगत ७ वर्षदेखि हेटौंडामा उद्योग स्थापना गरेर प्लास्टिक (पीभीएस) कार्पेट समेत उत्पादन गर्दै आएको छ । सस्तो राम्रो भरपर्दाे एकपटक प्रयोग गरेपछि लामो समय टिक्ने भएकाले यती कार्पेटको माग बढिरहेको कम्पनीको दाबी छ।

फेब्रिक कार्पेटमा बजार मूल्य अनुसार प्रतिमिटर ३ सय रुपियाँदेखि ७ सय रुपियाँसम्म र प्लास्टिक कार्पेटमा २ सय ५० रुपियाँदेखि हजार रुपियाँ मिटरसम्म बजारमा उपलव्ध छ। कम्पनीले कार्पेट उत्पादनका लागि आवश्यक कच्चापदार्थ फाइवर भारत, चीनबाट ल्याउने गरेको छ भने यसमा चाहिने केमिकल जर्मन, भारत बेल्जियमलगायतका मुलुकबाट ल्याउने गरेको बताएको छ।फेब्रिकको कारखाना भक्तपुर सल्लाघारीमा छ भने कम्पनीले उत्पादन गर्ने प्लास्टिकको कार्पेट कारखाना भने हेटौंडामा रहेको छ। मुख्य कार्यालय कालीमाटीमा छ। कम्पनीले उत्पादन गर्ने कार्पेट डिल्लीबजारमा रहेका दुईवटा डिपोबाट बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्