घरको सजावट कसरी गर्ने



दिपेन्द्र थापा

घरको स्वरूप र कोठाको आकार हेरेर हामीले घरमा प्रयोग हुने फर्निचर सामग्रीको छनोट गर्नुपर्ने हुन्छ जस्तो सानो कोठा छ भने फर्निचर रेडिमेट खरिद गर्नुभन्दा कोठाको आकार नापेर बनाउन दिँदा उपयुक्त हुन्छ। घरको प्रवेशद्वार या मूलढोका जहिले ठूलो राख्नुपर्छ।

लिभिङ रुम
लिभिङ रुम जहिले पनि अरुकोठा भन्दा ठूलो बनाउनुपर्छ। सकभर उज्यालो कोठालाई लिभिङ रुम बनाउनु पर्छ। चारै कुनामा विभिन्न फूल र गमलाले सजावट गर्नुपर्छ। भित्ताको आकार अनुसारको टेलिभिजन राख्नुपर्छ। भित्ताको बीच भागमा नापेर टलिभिजनको सेटअप गर्नुपर्छ। अहिले टिभीको बक्स पनि पाइन्छ यसलाई प्रयोग गरेर टेभीको सेटअप गर्न सकिन्छ।

कोठाको रङ छनोटमा पनि ध्यान दिनुपर्छ सकेसम्म चम्किलो रङ प्रयोग गर्नुपर्छ जसले गर्दा कोठा उज्यालो देखिन्छ। साथै चारै कुनाको भित्तामा फरकफरक रङको प्रयोग गर्दा राम्रो हुन्छ। सोफा, टेबलको ग्याप राखेर सेटअप गर्नुपर्छ । जसलेगर्दा कोठा छरितो देखिन्छ। साथै चम्किलो रङको सोफाको कपडा प्रयोग गर्नुपर्छ। कोठामा लाइटको पनि उपयुक्त छनोट गरेर राख्नु पर्छ। साथै यहाँको पर्दाको समेत रङ छनोटमा ध्यान दिनुपर्छ।

डा. वासुदेवकृष्ण शास्त्री, वास्तुविद्
वास्तुअनसुार मास्टर बेडरुम
मास्टर बेडरुम घरको दक्षिण पश्चिम कुनामा राख्नुपर्ने हुन्छ। यसमा लगाउने रङ बैजनी रङ, हल्का रातो, हरियो रङ राम्रा मानिन्छ। विवाहितका लागि हरियो र रातो मिश्रित रङ अझ राम्रो मानिन्छ। मास्टर बेड रुममा कालो र निलो राम्रो मानिदैन। अविवाहित र विद्यार्थीका लागि सेतो र हल्का बैजनी रङ राम्रो मानिन्छ। सेतो सरस्वतीको प्रतिक भएकाले विद्यार्थीका लागि उपयुक्त मानिन्छ।

पर्दा र बेडसिट
राशीअनुसार पर्दा र बेड सिटको प्रयोग पनि वास्तुमा पाइन्छ। मेष, वृष राशीको लागि हल्का रातो र सेतो बुट्टा भएको रङ राम्रो मानिन्छ। वृष र तुलाको लागि सेतो, मिथुन र कन्याको लागि हरियो रङ राम्रो मानिन्छ।

कर्कट राशीलााई सेतो, मकर र कुम्भ राशीका लागि निलो वा हल्का उज्यालो रङ उपयुक्त मानिन्छ। मीन र धनु राशीका लागि पहेलो रङ उपयुक्त मानिन्छ।

सिटिङ रुममा खैरो र रातो रङ राम्रो मानिन्छ। भित्तामा उज्यालो रङ उपयुक्त मानिन्छ। दिशाअनुसार रङ छनोट गर्नुपर्छ। उत्तरमा हरियो, दक्षिणमा बैजनी रङ, पश्चिममा पहेंलो रङ, पूर्वमा रातो रङ राम्रो मान्निछ। किचेनमा हरियो र बाथ रुममा कालोबाहेक सबै रङ राम्रो मानिन्छ।

जेनी श्रेष्ठ, इन्टेरियर डिजाइनर

नेपालमा आन्तिरिक डिजाइनिङ भखर्रै शुरुआती चरणमा छ। विस्तारै डिजाइनिङ गर्ने सोच आम जनमानसमा विकसित हुँदै गइरहेको छ। आमजनमानसमा सो अनुरूपको सजावट गर्ने प्रचलन बढ्दै गइरहेको छ। घर तथा कोठाको आन्तरिक सजावट गर्दा समग्र पक्षलाई ध्यान दिनुपर्ने हुन्छ। हामीले आफ्नो आवश्यकतालाई मात्र प्राथमिकता दिँदा घरको स्वरूपनै बिग्रिन सक्छ तर एक इन्टेरियर डिजाइनको परामर्शअनुरूप हामीले घरको सजावट गर्न सकेको खण्डमा सानो घर पनि राम्रो र आकर्षक बन्न सक्छ । जसले गर्दा सामग्री धेरै हुने र स्थान सानो हुँदासमेत हामीले सहजरूपमा घरको सामान व्यवस्थापन गर्न सक्छौं।

घरको निर्माण समापनपछि वास्तुशास्त्रीको सल्लाह र इन्टेरियर डिजानइरसँगको परामर्शमा घरको व्यवस्थापन र वस्तुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

मानिसको भावनासँग घर जोडिएको हुन्छ। यसले गर्दा अहिलेको समयमा महँगीका कारण र विविध कारणले थोरै जग्गामा घर निर्माण गर्ने क्रम बढ्दो छ। जग्गाको स्वरूप अनुसार सानो घर र कोठाको आकारलाई पनि सानो हुनु स्वाभाविकै हो। यस्तो अवस्थामा कोठा सजावट गर्ने सकेसम्म विज्ञको सल्लाह सुझाव आवश्यक पर्छ।

किचेनको व्यवस्थापन

घर सानो भएका कारण किचेन र डाइनिङलाई एउटै स्थानमा समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ। डाइनिङ र किचेन सकेसम्म फरक ठाउँमा राख्दा राम्रो हुन्छ जसले गर्दा फराकिलो र राम्रो देखिन्छ। वास्तुशास्त्रीको सल्लाह बमोजिम किचेन र डाइनिङ व्यवस्थापन गर्नुपर्छ। परिवार संख्याको आधारमा डाइनिङको व्यवस्थापन गर्नुपर्ने हुन्छ। किचेनमा वास्तुशास्त्रीको सल्लाह बमोजिम टायल प्रयोग गर्दा राम्रो हुन्छ। टायल प्रयोग गरेको अवस्थामा सफा गर्न र राम्रो देखिन्छ। डाइनिङ टेबल छनोट गर्दा घर्राको प्रयोग गर्न सके त्यसमा चम्चा, काँटाललगायत अन्य साना सामग्री राख्न सजिलो हुन्छ । चिम्नीको प्रयोग गर्नुपर्छ। सामान्यतया सानो कोठा भएको घरमा ओपन किचेन राख्दा राम्रो हुन्छ।

आन्तरिक सजावट
फर्निचरको पुनः संयोजन गलत तरिकाले राखिएका फर्निचरले घरलाई नसुहाउँदो देखिन्छ। कुर्ची, टेबल, डेक्स एवम् सोफालाई भित्तामा राम्रोसँग राख्नुपर्छ । फर्निचर राख्दा गर्दा हिँड्डुल गर्न सहज कसिमबाट राख्नु पर्छ। विशेष समाहरोमा घरमा सहज रूपमा धरै पाहुनालाई सहज हुने गरी फर्निचर व्यवस्थापन गर्नुपर्छ ।

फूल मानिसको धार्मिक र दैनिक जीवनमा समेत प्रत्यक्ष रूपमा जोडिएको छ। सोचमा समेत सकरात्मक प्रभाव राख्ने हुँदा फूलको सजावट ताजा फूलले कोठा र घरको सौन्दर्य बढाउनुका साथै शरीर तथा मस्तिष्कलाई ताजा बनाउँछ। त्यसकारण फूललाई घरको कुनै ठाउँमा प्रयोग गरेर न्यानो स्वागतको अनुभव प्रदान गर्न सकिन्छ।

वास्तुशास्त्री डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार मास्टरबेडरुम घरको दक्षिण पश्चिममा कुनामा राख्नुपर्ने हुन्छ। यसमो विवाहितको लागि बैजनी रङ, हल्का रातो, हरियो रङ राम्रा मानिन्छ। हरियो र रातो रङ पनि राम्रो मानिन्छ। कालो र नीलो राम्रो मानिँदैन मास्टर बेडरुममा। अविवाहित विद्यार्थीको लागि सेतो र हल्का पर्पल रङ राम्रो मानिन्छ । सेतो सरस्वतीको प्रतीक भएकाले विद्यार्थीको लागि उपयुक्त मानिन्छ।

राशी अनुसार पर्दा र बेडसिटको प्रयोग पनि पाइन्छ वास्तुमा मेष वृश्चिक राशीको लागि हल्का रातो र सेतो बुट्टा भएको राम्रो मानिन्छ। वृष र तुलाको लागि सेतो, मिथुन र कन्या हरियो, कर्कटलाई सेतो , मकर र कुम्भ निलो वा हल्का उज्यालो रङ, मीन र धनुको लागि पहेलो रङ उपयुक्त मानिन्छ।

सिटिङरुममा ग्रे र रातो राम्रो रङ राम्रो र भित्तामा उज्यालो रङ उपयूत मानिन्छ। दिशा अनुसार रङ छनोट गर्नुपर्छ उत्तरमा हरियो ,दक्षिणमा बैजनी रङ, पश्चिममा पहेलो रङ, पूर्वमा रातो रङ राम्रो मान्निछ। किचेनमा हरियो र वाथरुममा कालो वाहेक सबै रङ
राम्रो मानिन्छ।

बेडरुमको सजावट
वास्तुशास्त्रको सल्लाह बमोजिम बेड राख्नुपर्छ। मिलेसम्म वास्तुशास्त्र अनुसार वेड पूर्व दिशामा राख्नु पर्छ। दराजको व्यवस्थापन मिलाउनुपर्छ। ऐना राख्ने ठाउँसमेत उपयुक्त ठाउँमा राख्नुपर्छ। रुमको कुनै खाली भित्तामा ऐनाको प्रयोग गर्दा कोठा ठूलो देखाउन सहयोग गर्छ। कार्पेट उपयूक्त रङको प्रयोग गर्दा जसले गर्दा पोजेजिभ भाइब्रेट हुने किसिमको हुनुपर्छ। ठूलो देखाउन र उज्यालो रङको प्रयोग गर्नुपर्छ तथा उज्यालो रङकै अन्य सामग्री प्रयोग गर्नुपर्छ।

बेड छनोट गर्दा समय अनुसार चलेको बेड छनोट गर्नुपर्छ। बेडलाई कोठाको बीचमा नराखी कुनै एक कुनामा राख्दा उपयुक्त हुन्छ। कोठाका विभिन्न कुनालाई समेत प्रयोग गर्नुपर्छ जसले गर्दा खाली नदेखिएर सजावट गर्न सकिन्छ। बेडको कुनामा आकर्षक ढंगले सामान सजाउन सकिन्छ।

फर्निचरको प्रयोग
बजारमा पाइने रेडिमेट सामग्रीभन्दा घरको र कोठाको आकार हेरेर सामान खरिद गर्नु पर्छ। यो भन्दा राम्रो आफैंले फर्निचर बनाउन दिँदा राम्रो हुन्छ। यसरी विभिन्न उपाय अपनाएर कोठा या घर सजाउँदा आफ्नो दैनिक क्रियाकलाप सजिलो हुनुका साथै हेर्दा पनि आकर्षक देखिन्छ।

भर्याङ
बजारमा अहिले काठ, मेटल, आल्मोनियम सबैखालका भर्याङ पाइन्छ। भर्याङको आकार अनुसार कति सानो ठूलो हो त्यस अनुरूप भर्याङ राख्नुपर्छ। भर्याङको कुनामा गमला फूलले सजाउँदा राम्रो हुन्छ।

बाथरुम
सकेसम्म बाथरुम छरितो बनाउने प्रयास गर्नुपर्छ। जसले गर्दा सजिलो महसुस गर्न सकियोस्। धारा बजारको ट्रन्ड अनुरूपको राख्नु पर्छ। टायलको छनोट सफा देखिने खालको प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्