राप्रपाले ताप्लेजुङमा उम्मेदवार छान्यो



रविन भट्टराई, ताप्लेजुङ

आगामी स्थानीय तहको निर्वाचनका लागि राप्रपा ताप्लेजुङले उपमेयरसहितका केही गाउँपालिकामा मात्र उम्मेदवारी घोषणा गरेको छ। सदरमुकाममा पत्रकार सम्मेलन गर्दै राप्रपाले नगरपालिका र गाउँपालिकामा उम्मेदवारी घोषणा गरेको हो।

राप्रपाले फुङलिङ नगरपालिका मेयरमा उम्मेदवार घोषणा नगरी उपमेयरमा अमिर मादेनलाई उठाउने निर्णय गरेको बताइएको छ। राप्रपाले फुङलिङ नगरपालिकाको वडा अध्यक्षहरूमा क्रमशः १ मा रामकेशर येङदेन, २ मा लीला अधिकारी, ३ मा तुलसीप्रसाद गिरी, ४ मा राकेश गुरुङ, ५ मा विष्णु तिवारी, ६ मा सरोज मादेन, ७ मा सुरेश पालुङ्वा, ८ मा छविरमण गुरुङ, ९ मा विष्णु पोखरेल, १० मा हर्कमान लिम्बु र ११ मा गौरीशंमाया इजमलाई उम्मेदार बनाएको छ।

त्यस्तै, सिदिङमा गाउपालिकामा उपप्रमुखमा सीताराम कार्की, वडा १ मा मनरथ दाहाल र ६ मा चिरञ्जीवी कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने सिरिजंघा गाउँपालिकामा वडा अध्यक्षहरु क्रमशः १ मा जगत्मान साँवा, २ मा हुकुमदास पौडेल, ३ मा नारायणसिंह बोखिम र ५ मा चन्द्रवीर महतलाई उम्मदेवार बनाएको छ।

याङवरक गाउँपालिकामा उपप्रमुखमा तुलाराम पौडेल र वडा न ३ को अध्यक्षमा गंगाराम इजमलाई उम्मेदवार बनाएको छ। फक्तालुङ गाउँपालिकामा उपप्रमुख नवीन मावोहाङलाई उम्मेदवार बनाइएको छ भने वडा १ मा फुर्वा शेर्पा, ३ मा दिलकुमार लिम्बु, ५ मा मकरध्वज लिम्बु, ६ मा तेजबहादुर राई र ७ मा नुपु शेर्पालाई उम्मेदवार बनाएको छ। त्यस्तै आठराई त्रिवेणी गाउँपालिकामा उपप्रमुखमा कालिदास आङवोहाङ र वडा १ को अध्यक्षमा रेनुका गुरुङलाई उम्मेदवार बनाएको छ।

मिक्वाखोला गाउँपालिका प्रमुखमा जसबहादुर लिम्बु, वडा नं. १ अध्यक्षमा रत्न लिम्बु र २ मा राजेन्द्र थापालाई उठाउने निर्णय गरेको छ। त्यसै गरी मैवाखोला गाउँपालिकामा प्रमुखमा बेनुप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राप्रपाले वडा १ को अध्यक्षमा मैतबहादुर लिम्बु, ३ मा नैनन्द गौतम, ४ मा सन्तबहादुर पोथाक र ५ मा रामप्रसाद फावेनलाई उम्मेदवार बनाएको छ। राप्रपाले मिरिङदेन गाउपालिकामा भने कसैलाई उम्मेदवार बनाएको छैन। राप्रपाले नगरपालिका प्रमुखमा अन्य दलको उम्मेदवार बलियो भएको कारण बताउँदै उपप्रमुखमा मात्र उम्मेदवारी दिने निर्णय गरेको जिल्ला अध्यक्ष चन्द्र मादेनले बताउनुभयो।

फुङलिङ नगरपालिका उपमेयरका उम्मेदवार अमिर मादेनले सबैको आग्रहअनुसार आफूले उपमेयरमा उम्मेदवारी दिएको बताउनुभयो। मादेनले एमालेसँग चुनावमा तालमेल गर्न सकिने बताउँदै प्रमुखमा उम्मेदवारी नदिएको समेत प्रस्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्