भारतमा जिका संक्रमणको पुष्टि



नयाँदिल्ली (एजेन्सी)
भारतमा पहिलो पटक जिका भाइरसको संक्रमणको पुष्टि भएको छ । गुजरातको अहमदाबादमा जिका संक्रमणका तीनवटा घटना पत्ता लागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसमा एक गर्भवती महिला पनि परेकी छिन् ।

ती तीनैवटा घटना सहरको बापुनगर इलाकाका हुन् र सबै संक्रमण गत बर्षको भएको जनाइएको छ । डब्ल्युएचओले ती घटनाको आधारमा भारत यात्रालाई लिएर कुनै प्रकारको चेतावनी जारी गरेको छैन ।

तर संगठनले संक्रमणको घटना पुष्टि हुनु आफैमा महत्वपुर्ण भएको र यसले जिका भाइरस भारतमा रहेको प्रमाणित गरेको जनाएको छ । यो तथ्यले जिका भाइरस केहि मात्रामा फैलिसकेको र भविष्यमा नयाँ मामिला अगाडी आउन सक्ने पनि संस्थाले जनाएको छ ।

डब्ल्युएचओले गतबर्ष जिका संक्रमणलाई अन्तराष्टिय संकटको स्थिति घोषणा गरेको थियो । नौ महिनासम्मको उक्त आपतकालिन स्थितिलाई गत नोभेम्बरमा हटाइएको थियो ।

करिब ३० देशमा नवजात शिशुमा गम्भिर शारीरिक विकारका लागि जिका भाइरस कारण भएको बताइएको थियो । जिका भाइरसको सम्बन्ध माइक्रोसिफेली नामको रोगसँग रहेको बताइन्छ । यसमा नवजात शिशुको सिर जन्मदै असामान्य रुपमा ठुलो हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्