ट्रम्पको हठका कारण पेरिस जलवायु सम्झौता धरापमा अमेरिकाले अर्को हप्तासम्ममा निर्णय दिने



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन मुद्दामा भएको सम्झौतामा रहने वा अलग हुने भन्ने विषयमा अर्को हप्ता निर्णय दिने भएको छ ।

हालैका दिनमा अमेरिकाका सहयोगी देशमा ट्रम्पमाथि यस मामिलामा ठुलो दबाव परेको देखिन्छ । विश्वका सात प्रमुख आद्योगिक देशको संगठन जी–७ को बैठकपछि ट्रम्पले पेरिस सम्झौतामा अन्तिम फैसला वासिंगटन फर्केपछि लिने उल्लेख गरेको छ ।
अमेरिकी राष्टपति ट्रम्प इटालीको सिसलीमा भइरहेको जी ७ समुहको सम्मेलनमा शनिबार बाँकी ६ देशले उठाएको जलवायु सम्झौतालाई लिएर बिना कनै प्रतिबद्धता बाहिरिएका थिए ।

यसअघि ट्रम्पले पेरिसमा जलवायु सम्झौताबाट अलग्ग हुने धम्की दिइसकेका थिए । ट्रम्पले जलवायु परिवर्तनमा भएको पेरिस सम्झौतालाई धोको संज्ञा समेत दिइसकेका छन् । ट्रम्पले अहिले पनि उक्त सम्झौतालाई लिएर उनको स्थिति पहिलाको जस्तै भएको संकेत दिइरहेका छन् । जी ७ सम्मेलनमा जलवायु परिवर्त सम्झौतामा अमेरिकी अनिश्चितताका कारण ट्रम्पका लागि असहज स्थिति उत्पन्न भएको थियो ।

पेरिस सम्झौता विश्वको पहिलो ब्यापक जलवायु परिवर्तन सम्झौता हो । यो सम्झौतामा विश्व भरिका नेताहरु बीच सन् २०१५ मा सहमति बनेको थियो । उक्त सम्झौता अनुसार विश्व औषत तापमान बृद्धीलाई दुई डिग्री सेस्लियसभन्दा कम राखिने छ । यसका लागि विश्व भरिका देशले कार्बन उत्सर्जनमा कमि ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यो सम्झौता अमेरिका र चीन लगायत ५५ देशले सहमति दिएपछि प्रभावमा आएको हो । ती देश विश्वको कुल कार्बन उत्र्सजनको ५५ प्रतिशत उत्सर्जित गर्छ । अमेरिकाको तर्फबाट सन् २०१६ सेप्टेम्बरमा बाराक ओबामाले यसमा हस्ताक्षर गरेका थिए । जी ७ सदस्य राष्ट अमेरिका यो सम्झौतामा अडिग रहुन् भन्ने चाहेका छन् । चीनपछि अमेरिका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देश हो । ट्रम्पले राष्टपति चुनावमा प्रचारका क्रममा अमेरिकी मतदाताहरुसँग आफु सत्तामा आएमा उक्त अन्तराष्टिय सम्झौतासँग अलग्ग हुने आश्वासन दिएका थिए । उनले यो सम्झौता अमेरिकाको राष्टिय हितमा नभएको बताएका थिए । उनले कोइला उद्योगलाई बलियो बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

विजुली उत्पादनमा कोइलाको प्रयोगले धेरै कार्बन उत्सर्जन हुने गर्छ । यद्यपी ट्रम्प कोइला उद्योगमा उत्पादनलाई बढावा दिएर रोजगारी उत्पन्न गर्न चाहन्छ । उनले जलवायु परिवर्तनको कारणलाई लिएर पनि आसंका ब्यक्त गरेका थिए । ट्रम्पले यसलाई चीनको प्रायोजित प्रोपागान्डा भएको बताएका थिए ।

यद्यपी ट्रम्पका लागि जलवायु परिवर्तन सम्झौताबाट पछाडी हट्नु जोखिमपुर्ण हुने विश्लेषकहरुको भनाइ छ । यसले विदेशमा अमेरिकी सहयोगी देशहरुको माझमा उनको लोकप्रियता कमी हुने मात्र नभई देश भित्रपनि कठिनाइको सामना गर्नु पर्ने जनाइएको छ ।
सिसली सम्मेलनमा ट्रम्पको ब्यवहार बाधक रह्यो । ट्रम्प यो पहिलो पटक जी ७ समुहका नेताहरुसँगको बैठक हो । अमेरिकी राष्टपति आफनो विचारका कारण सम्मेलनमा अगग्ग देखिन पुगेका थिए । जलवायु परिवर्तन सम्झौतामा कायम रहने प्रतिबद्धता जनाउन ट्रम्प अनिच्छुक देखिएका थिए ।

जर्मनीका चान्सलर एन्जेला मर्केलले असन्तुष्टी देखाउँदै सिसलीमा पत्रकारसँग भेन– यदि अत्यन्त असन्तोषजनक नभन्ने हो भने पनि जलवायुमा पुर्ण वार्ता अत्यन्त कठिन थियो ।

यदी अमेरिका यस सम्झौताबाट अलग्ग भयो भने अन्य देशले पनि त्यही बाटो लिन सक्ने डर रहेको छ । अमेरिका यो सम्झौताबाट हट्नासाथ यसको असर पनि कम हुनेछ किनभने उ धेरै कार्बन उत्सर्जक देश हो । तर अमेरिकाले जे गरपनि युरोपेली युनियन, भारत र चीनले उनीहरु पेरिस सम्झौतामा संकल्पबद्ध रहेको जनाइसकेका छन् । यो मामिलामा ट्रम्प आफनै देशमा पनि अलग्ग पर्न सक्ने देखिएका छन् । न्युयोर्क र क्यालिफोर्नियाले यसअघि नै ट्रम्पको समर्थन विना नै जलवायु परिवर्तनसँग लड्ने प्रतिबद्धता ब्यक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्