नेता पत्नीहरूको झुन्डमा समलिंगी प्रधानमन्त्रीका पार्टनर



ब्रसेल्स, (एजेन्सी)
लक्जेम्बर्गका समलिंगी प्रधानमन्त्री जाभियर बेट्टेलका समलिंगी पार्टनर गौथियर डेस्टिेनेसहितको नेटो राष्ट्रका नेताहरूका पत्नीहरूको तस्वीर भाइरल भएको छ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका नयाँ राष्ट्रपति इम्यानुयर माक्रों एक सम्बोधनका क्रममा हात मिलाउँदै गर्दा नेता पत्नीहरूको औपचारिक सामुहिक तस्वीर खिच्ने क्रममा डेस्टेने उक्त समूहमा बस्न गएका थिए।

छुट्निु अगाडि उक्त समूह मेग्रिटा म्युजियमको भ्रमणमा गएका थिए। तर सामाजिक सञ्जालमा डेस्टेने समूहमा सहभागी बनेकोमा ब्यापक चर्चा पाएको छ।
ट्विटरमा बीजोर्न नोर्डलन्डले लेखे– ‘यो समलिंगी समुदायका लागि अहिलेसम्म कै गौरब गर्ने स्थिति हो।’

म्याट डि टोरो भने– ‘मलाई यो धेरै मनपर्यो, हे भगवान्⁄
गौथियर डेस्टेनेले सन् २०१५ मा देशमा समलिंगी विवाहलाई कानुनी मान्यता दिएको केहि समयपछि नै बेट्टेलसँग विवाह गरेका थिए।

नेताहरूका पत्नी एकसाथ बिताइरहँदा ब्रसेल्स भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले त्यहाँ उपस्थित अन्य सदस्य देशका नेताहरूसँग अनौठो तरिकाले उत्साहपूर्वक हात मिलाएको हेडलाइन बनिरहेको थियो।

फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्यानुयल म्याक्रोंसँगको पहिलो प्रत्यक्ष भेटमा ट्रम्प अनौठो उत्साह देखाउँदै हात मिलाइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्